सोम, जेष्ठ २५, २०८३

कञ्चनपुरमा जिपको ठक्करबाट ब्यापारीको मृत्यु


महेन्द्रनगर, असार १९। कञ्चनपुरमा जिपको ठक्कर बाट एक जना ब्यापारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बेदकोट नगरपालिका दैजी बजारका ३५ वर्षिय हार्डवेर ब्यापारी दिप राजा(दिपक चन्दको जिपको ठक्कर बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहोराले बताएका छन् ।प्रवक्ता बोहोराका अनुसार पुर्व बाट पश्चिम दैजी बजार आईरहेका स्कुटर चालक चन्दलाई पश्चिमबाट दैजी भम्का जादै गरेको जिपले एक्कासी ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाँइते भएका चन्दको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रवक्ता सागर बोहोराको भनाई रहेको छ ।ठक्कर दिने जिप चालकलाई प्रहरीले नियन्त्रमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चन्दको शव परिक्षणको लागि महाकाली अस्पतालको शव गृहका राखिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply