बुध, जेष्ठ २०, २०८३

भीमदत्तको सुचना अवाज्ञा गर्दै एक सरकारी सहितका २२ बोडिङ्ग स्कुललाई सोधियो स्पष्टीकरण


कञ्चनपुर, १३जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकाले जारी गरेको सूचनाको नगरको एक सरकारी सहित २१ बोडिङ्ग स्कुलले अवाज्ञा गरेका छन । भीमदत्त नगरपालिकाले ११ देखि १३ जेठसम्म तीन दिने गर्मी विदा दिएको थियो ।

तर, पालिकाले दिएको गर्मी विदाको सामुदायिक विद्यालय सहितका निजी विद्यालयले अवाज्ञा गरेका हुन । बैजनाथ सिद्धनाथ मावि मटैना सहितका बाँकी सबै निजी विद्यालयलाई पालिका सरकारले स्पष्टिकरण सोधेको छ ।

मेधावी सेकेन्ड्री स्कुल, प्रभाव विद्या निकेतन, प्रकास मेमोरियल, रेडियन्ट, रेटिना ईन्टरनेशनल, सौगात ईङलिश बोडिङ्ग, हिमालय एकेडेमी, महाकाली बाल विद्यालय, कञ्चन बिद्या मन्दिर, ईन्टरनेशनल एकेडेमी, भुवनेश्वरी विद्या मन्दिर, द ब्राईटफ्युचर, जनज्योती सेकेन्ड्री, मेरिगोल्ड, बालजागृती, ग्वालेक, मोर्डन मन्टेश्वरी, एभरेष्ट ईभिरग्रिन, तारापुञ्ज ईङलिश बोडिङ्गलाई स्पष्टिकरण सोधिएको छ ।

भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले २२वटै विद्यालय सहितका संचालनमा रहेका नगरका अन्य सबै विद्यालयलाई स्पष्टिकरण सोधेका छन ।

शिक्षा शाखा प्रमुख जोशीले सोधिएको स्पष्टीकरण पत्रमा विदा सम्बन्धी सूचनाको अवाज्ञा गरेर किन विद्यालय संचालन गरेको, विद्यालय संचालन नगरी नहुने कारण के हो ?

दुई दिनभित्रै लिखित जवाफ दिन निर्देशन जारी गरिएको छ । पालिकाले लामो विदाबाट कट्टी हुने गरेर गर्मी विदा दिएपछि अवाज्ञा गर्ने विद्यालय अहिले फन्दामा परेका हुन ।

तर, अभिभावक स्तरबाट के भीमदत्त नगरमा मात्रै गर्मी हुने हो, जिल्लाकै अरु पालिकामा पनि गर्मी विदा नदिएको धारणा अभिव्यक्त गरिरहेका छन ।

विद्यालय सचालन गरेका विद्यालयका शिक्षकहरुले आईतबारको विदादेखि १४जेठदेखि १७सम्म लगाचार चार दिन विदा हुँदाहुँदैपनि पालिकाले गर्मी विदा दिएका बेला विद्यार्थीकै हकहित भविष्यदेखि कोर्ष संचालनका लागि कक्षा संचालन गरेको जनाएका छन ।

सम्बन्धित समाचार