सरकारले आगामी साउनदेखि कर्मचारीको तलब वृद्धि गरेको छ। बजेट वक्तव्यमार्फत् सरकारले कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपैयाँ कायम गरेको हो।
अधिकतम स्केल एक लाखसम्म घोषणा गरिएको छ। सुरु तलबस्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्तासमेतको घोषणा गरिएको छ।
मर्यादित जीवनयापनका लागि यो आवश्यक भएको तर्क सरकारको हो। पछिल्लो चार वर्षदेखि राष्ट्रसेवकको तलव वृद्धि नभएको भन्दै सरकारले उल्लेख्य रुपमा बढाएको हो।

