कञ्चनपुर, ११ कार्तिक झण्डै पाँच दशक अघि हराएका कञ्चनपुरका एक जेष्ठ नागरिक(बृद्ध)को कुशपुतला बनाएर अन्त्येष्टी गरिएको छ । जिल्लाको दक्षिणी भेग बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीय ७६ बर्षिया विरादत्त भट्टको कुशपुतला बनाएर अन्त्येष्टी गरिएको हो ।
मंगलबार एक कार्यक्रमका विच चौधर नदीको झिलमिला घाटमा अन्त्येष्टी गरिएको छ । भट्ट परिवारले अभिभावकका लागि ५३ बर्षको पखाई बिटमार्दै कुशको प्रतिमालाई शव जस्तै बनाएर नदी किनार (जलासय)मा अन्त्येष्टी गरेका छन ।
उतिबेला संचार सुविधा थिएन, तैपनि घर परिवार आफन्तले स्वदेश तथा विदेशमा खोजिनिती गरेपनि भेटाएनन् । तर अहिले संसारभर संचारको विकास भएसंगै घर परिवारले खोजबिनदेखि कुर्दाकुर्दै आश मारेपछि धार्मिक परम्परा अनुरुप प्रकृया पु¥याएर अन्त्येष्टी गरिएको जनाएको छ । स्वर्गिय विरादत्त भट्टका छोरा धर्मानन्द भट्टले धार्मिक कामकाजदेखिका सबैतिर प्रकृया पु¥याएर कुशको प्रतिक बनाएर बाबुको अन्त्येष्टी गरिएको बताए ।
उनले बाबुका लागि गर्नुपर्ने सबै धार्मिक कर्मकाण्ड गर्न लागेको बताए । धर्मानन्द नै अहिले क्रिरियामा सबेका छन । विस २००७ सालमा जन्मिएका भट्ट बैशाख ०३१ साल तत्तकालिन अवस्थामा भीमदत्त नगरपालिका ८ तिलाचौर गाँउबाट हराएका थिए । खेतीपाती गर्दै आएका भट्ट घरबाटै हराएपछि उनको परिवार बेलडाँडी बसाई गरेको थियो । अभिभावक हराएपछि भट्ट परिवार बेचैन थियो ।

