शनि, जेष्ठ २३, २०८३

भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता उपाधी मोर्निङ्गग्लोरी स्कुललाई


आदित्य जोशी कञ्चनपुर, २३ जेठ कञ्चनपुर महेन्द्रनगरको मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट टी–२०को उपाधी जितेको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा गत सातादेखि शुरु भएको अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट टी–२०को उपाधी जितेको हो ।

शनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा इन्टरनेशनल पब्लिक स्कुल र मर्निङ गोलोरी स्कुलका बीच भएको खेलमा मर्निङ ग्लोरी लोरिले पहिलो ब्याटिङ गर्दै १० विकेटको क्षतिमा ९९ रन बनाउदै १०० रनको टार्गेट दिएको थियो। दोस्रो इनिङ्सको लागि इन्टरनेसनल पब्लिक १०० रनको ट्रागेट पछ्याउन क्रममा सबै बिकेट गुमाउदै अल आउट हुँदा ८६ रन हान्न पुगेको थियो।

भने मर्निङ ग्लोरिले १४ रनले जित निकाल्दै च्याम्पियन बनेको हो। प्रतियोगिताको विजेता टोली मर्निङ ग्लोरीले नगद ५१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोली इन्टरनेशनल पब्लिक स्कुलले नगद ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।फाइनल खेलका विजेता टिम मर्निङ्गग्लोरीकै लब ओखेडा “म्यान अफ द म्याच” घोषित .भएका छन । नगदसहित ट्रफी प्रदान ।

प्रतियोगिता भर उत्कृष्ट ब्याट्सम्यान , बलर प्रीन्स भण्डारी र फिल्डरलाई समान २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। साथै “म्यान अफ द सिरिज” लाई तीन हजार र “उदीयमान खेलाडी” लाई एक हजार ५ सयसहित ट्रफी गरिएको छ । १८ टिमको सहभागिता भएको प्रतियोगिता एक साता संचालन भएको थियो । होलीफेम्ली ईङलिश मिडियम स्कुलका संचालक भुपाल सिह विष्टले विद्यालयकै खेलकुद मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।

संचालक विष्टका अनुसार भीमदत्त नगरपालिका, जिल्ला क्रिकेट संघ सहितका सरोकारवाला निकायको समन्वय, सहयोग, सहकार्यमा नगरपालिका मावि स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको र भीमदत्त नगरपालिका भित्रकै माध्यामिक तहका विद्यालयविच प्रतिस्पर्धा भएको छ । विद्यार्थीहरुमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ्य जिपनशैली सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाईचारा, सहकार्य एव प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा प्रतियोगिता थप स्तरिय बनाउने संचालक विष्टको सकल्प छ ।

प्रतियोगिताको समापन गर्दै भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले जिल्लामै पहिलो पटक अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताईन । उनले पालिका सहितको अपनत्व हुने गरेर आयोजना गरिएको प्रतियोगिताले क्रिकेट क्षेत्रको विकासमा टेवा पुग्ने बताईन आगामी दिनमा समेत पालिकाबाट यस्ता प्रतियोगिता नियमित संचालन गरिने बताईन । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयबाटै पहिलो पटक मावि स्तरिय प्रतियोगिता संचालन भएको र पालिका सहित विद्यालयले पहिलो पटक अन्तर मावि स्तरिय प्रतियोगिताले खेलकुदका साथै थुप्रै क्षेत्रमा आयाम थप्ने बताए ।

होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रशाद भट्टले कञ्चनपुर जिल्लामै क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘क्रिकेट खेलकुदको बृद्धि विकास गरेर खेलाडी उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो, ‘उनले भने, ‘विद्यालय स्तरबाटै क्रिकेटका खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुनेछ ।’ होलीफेम्ली स्र्पोट र एकेडेमीले समेत थुप्रै क्रिकेटका खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान बनाउन सफल भएको बताउँदै थप नगर जिल्लामै खेलाडीको बृद्धि विकासका लागि उक्त कार्यक्रम संचालन गरिएको बताए ।

निःशुल्क टिम दर्ताका साथै सबै प्रतियोगिता आईसीसी तथा क्यानको नियम अनुरुप खेलाईएको थियो । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले भीमदत्तकै होलीफेम्ली विद्यालयले प्रदेशमै पहिलो पटक ठुलो आयोजना गर्न लागेको बताए । उनले विद्यालयबाटै हुने मावि स्तरिय क्रिकेट प्रतियोगिताले थप क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

प्रतियोगिता विजेता विद्यालय मर्निङ्गग्लोरीका प्रिन्सिपल चुडामणी शर्माले शैक्षिक गुणस्तरका साथै विद्यालय खेलकुद विद्यातर्फ समेत उच्च मेहनतका साथ नगर स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी चुमेको बताए । नगरभरीकै विद्यालयका टिमटिम हुने क्रिकेट प्रतियोगिता हुने भएपछि खेलाडीको अवसरदेखि दर्शकहरुले अवलोकनका लागि स्थानीय क्रिकेटका पारखीलाई सहज, सुविधा भएको थियो ।

सम्बन्धित समाचार