बिहि, जेष्ठ २१, २०८३

चुरे सरक्षण सञ्जाल भीमदत्त र बेदकोट क्षेत्रमा सरक्षणका कार्यक्रम गर्दै


प्रकास भट्ट, कञ्चनपुर असोज २३ चुरे सरक्षण सञ्जाल नेपालले कञ्चनपुरको भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा पर्यावरण सरक्षणका कार्यक्रम गर्न लागेको छ । विगत डेढ दशकदेखि वातावरण सरक्षणका कार्यक्रम गर्दै आएको चुरे सरक्षण सञ्जालले भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा पर्यावरण सरक्षणका कार्यक्रम गर्न लागेको हो । दशैँ लगत्तै दुवै पालिकामा तटबन्ध सचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ । बुधबार नयाँ कार्यक्रम बारे सरोकारवालासंग छलफल गर्दै चुरे सरक्षणका लागि कार्यक्रम गर्न लागेको जनाएको हो । चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापक करन भट्टले तराई भूपरिधी कार्यक्रम मार्फत वातावरण सरक्षणका कार्यक्रम गर्न लागेको बताए । उनका अनुसार भीमदत्त नगरपालिका ७ हल्दुखाल चुरे भएर बग्ने खन्यखोलाको भङगालो केराबारी टोलमा जैविक तटबन्ध निर्माण गरिनेछ । बेदकोट नगरपालिका २ जडेपानी पथरिया नालामा पनि जैविक तटबन्ध निर्माण गरिनेछ । चुरे वनमा चोरी शिकारी नियन्त्रणका लागि भीमदत्त र बेदकोट नगरपालिकामा चोरीशिकारी नियन्त्रण समुह गठन गरिनेछ । साथै सामुदायिक विद्यालयमा ईगो क्लब पुर्नगठन गरेर विद्यार्थीमा सरक्षणका कार्यक्रम सचेत गराईनेछ । बन हेरालुहरुलाई सहयोग गरिनेछ । सामुदायिक वनका पदाधिकारीको क्षमता अभिबृद्धिका कार्यक्रम गरिनेछन । स्थानीय सरकार बेदकोट र भीमदत्त नगरपालिकासंग लागत साझेदारीमा गर्ने कार्यक्रम थप प्रभावकारी हुने उनले बताए । तराई भूपरिधी कार्यक्रमका प्रतिनिधी शेर बहादुर चौधरीले मानव अधिकार र वातावरण सुरक्षा अनुरुप कार्यक्रम संचालनमा जोडदिए । उनले समुदायको हितका साथै वन पर्यावरण सरक्षण गर्नुपर्ने बताए । जनप्रतिनिधीले समेत साझेदारीमा संचालन हुने कार्यक्रम प्रभावकारी बनाईने प्रतिबद्धता जाहेर गरेका छन । बेदकोट नगरपालिका २का वडाध्यक्ष नरेश बहादुर सिहले चुरे सरक्षण सञ्जालले यस अघि पनि आफ्नै वडाको पत्थरिया नालामा निर्माण गरिएको तटबन्ध थप गर्नुपर्नेमा जोडदिए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष गणेश बहादुर चन्दले वातावरण सरक्षण गर्दै मानिस र चुरे बचाउने कार्यक्रमले आफ्नो वडामा पनि कार्यक्रम संचालन हुन लागेको बताए । ब्रम्हदेब सव डिभिजन वन कार्यालयका रेञ्जर जिवन भण्डारीले चुरे सरक्षण सञ्जालले गरिरहेका कार्यक्रमले वातावरण सरक्षणमा टेवा पुगिरहेको बताउँदै थप निरन्तरतामा जोडदिए । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले गत विगतकै कार्यक्रमको निरन्तरता दिएको बताए । अध्यक्ष कुँवरले चुरे सरक्षणकै लागि चुरेगाँउबस्तीहरुमा प्राकृतिक मुहान सरक्षणदेखि चुरे तटिय क्षेत्रमा स्थानीय सरोकारवालासंग साझेदारीमा कार्यक्रम संचालन गर्न लागेको बताए । उनले वनमाथिका विवाद निरुपण गर्र्दै सञ्जालले अहिले वातावरण सरक्षणका कार्यक्रम प्रर्बद्धन गरिरहेको बताए । वनमाथि आश्रित परिवारको आयआर्यजनका कार्यक्रम सचालन गरिने बताए । भावि दिनहरुमा समेत सरोकारवालासंगको साझेदारीमा कार्यक्रम अघि बढाउने अध्यक्ष कुँवरको प्रतिबद्धता रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply