आदित्य जोशी कञ्चनपुर
कञ्चनपुरको मन्त्र अस्पताल र जीवा फाउण्डेशनविच सम्झौता भएको छ । मन्त्र अस्पताल एण्ड रिसर्च प्रालि महेन्द्रनगर र जीवा फाउण्डेशनविच सम्झौता भएको हो ।
मन्त्र अस्पताल एण्ड रिसर्च प्रालिका निर्देशक डा. गोबिन्द रोकायाले जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन गर्ने सम्झौता(एमओयू) भएको बताए ।
उनका अनुसार जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्र अस्पताल एण्ड रिसर्च प्रा. लि., महेन्द्रनगर र जीवा फाउन्डेशन धनगढीविच सम्झौता भएको छ ।
यस सहकार्यअन्तर्गत जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूका लागि निःशुल्क सामुदायिक पहुँच सामुदायिक खोज अनुसन्धानका कार्यक्तम संचालन गरिनेछन ।

