बुध, जेष्ठ २०, २०८३

बेलौरीमा लागूऔषध तस्करीको प्रयास असफल, किशोरसहित २ नियन्त्रणमा


कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ६ सय ६० मिलिग्रामसहित बेल्डाडी गाउँपालिका–३ खैरीघाट बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनदाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार