सोम, असार १, २०८३

बेलडाँडीको हजारौँ विगाह उर्बरा जमिन बेकामे ः सरकार फर्केर हेर्दैन, जनता हेरेको हे¥रै


कञ्चनपुर, अघिल्लो बर्ष सघीय सरकारले भू उपयोग नियमावली ०७९ जारी गर्दै खेतीयोग्य जमिन बाँझो राखेमा एक लाख रुपैँयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनलाई १० क्षेत्रमा बर्गियकरण गरेर लगातार तीन बर्ष जमिन बाँझो राखेदेखि जमिनको उत्पादकत्वदेखि स्वरुप बिगार्नेमाथि कार्बाहीको व्यवस्था गरेको छ । तर, कञ्चनपुरको कञ्चनपुरको बेलडाँडीमा दशकौँदेखि हजारौँ विगाह उर्बरा जमिन बाँझै रहेको छ । किसानले जानीजानी बाँझो राखेका होईनन् । सरकारले नहर विस्तारदेखि खोलानदीको उचित तटबन्ध नगरिदिदा बेलडाँडीको झण्डै अढाई दशक बढि समयदेखि उर्बराभूमि दलदलमा परिणत भएको छ । ०५५ सालदेखि महाकाली सिचाँई दोस्रो चरणको नहर निर्माण भएसंगै सिपेज, झर्नाखोला र चौधर नदी गाँउ पस्दा उर्बराजमिन दलदल, बगर र सिमसारमा परिणत भएको छ । बेलडाँडी गाँउपालिका १ नम्बर वडादेखि ५ सम्मपुरै वडामा करिब ३ हजार बढि भन्दा जमिन बाँझै रहेको स्थानीयले बताएका छन । कृषिका लागि उपयुक्त त्यस अघि पनि अन्नबालीका उपयुक्त जमिन अहिलेसम्म दलदलमा परिणत भएपछि किसान हैरान भएका छन । मुलुकमा तीन सरकार कृयाशिल छन, सबैले कागजमा कृर्षिलाई प्राथमिकता दिएका छन तर, व्यवहारिक रुपमा नदिदा जमिन भएपनि जनताले उपभोग गर्न पाएका छैनन । बरु गुजारा चलाउन विदेशीन बाध्य भएका छन । सरकारको प्राथमिकता कृषि भएपनि कुनैपनि सरकारले दलदल सीमसारमा परिणत भएको जमिन पुर्नरुत्पादनमा पहल नगर्दा एकातिर किसान मारमा अर्कातिर राज्यले खाद्यान्न खरिदका लागि रकम खर्चिनुपर्ने बाध्यता आएको छ । कृषिमा आमुल परिर्वतन गर्ने ठुल ठुला नारा भाषण बाजीदेखि योजना बारे चार तारे होटलमा सरकारी बजेट दोहन गरेपनि यस्ता उर्बराभूमि पुर्नरुत्पादनको काममा कसैले चासो दिएको छैन । तीनै सरकार कृषिका नाममा कमिसन केन्द्रीत लिप्त हुँदा उर्बराजमिन खेतीयोग्यमा परिणत गरेर बस्तु तथा सेवा उत्पादनमा न चिन्ता न चासो रहेको पाईन्छ । पटक पटक स्थानीयले पालिका, प्रदेश र संघीय सरकारलाई सिमसार दलदल जमिन सुधारका लागि माग राख्दा समेत कसैले चासो नदिएपछि बेलडाँडीका जनता उक्त दलदलको जमिन खेती गर्न जाँदा ज्यानै जोखिममा पर्ने भएपछि बाँझै छाडेर खडितिर लागेका छन । बेलडाँडीको पुर्वमा झर्नाखोला र पश्चिममा चौधर नदी सहितको खोला नालाका कारण पनि जमिन दलदलमा परिणत हुँदै आएको छ । उत्पादन हुने भूमि नै सिमसारमा परिणत भएपछि स्थानीय जमिनधनी विदेशी बाध्य पनि भएका छन । बेलडाँडी गाँउपालिका १ झिलमिलाबस्तीका सन्तोष कुँवरले भएको जमिन दलदलमा परिणत भएपछि घरपरिवारका लागि खाद्यान्नको जोहो गर्न खाडिमुलुकतिर हानिएको बताए । ‘पहिले हामी सानो छदा खेतमा धान टन्नै फल्थे, ‘उनले भने, ‘नहरको लिकेजले कतै दलदल र झर्नाखोलाको वाढीले जमिन बालुवामा परिणत गरिदिएको छ ।’ कृषियोग्य भूमि हुँदाहुँदै पनि बाध्यताबस बाँझो राख्नुपर्ने र व्यक्तिबाट जमिन पुर्नरुत्पादन गर्न असम्भव भएकाले सम्भव हुने सरकारले चासो नदिएको उनको गुनासो छ । झिलमिलाबस्तीकै जनजाली बहादुर चन्दले भएको खेत सिमसारमा परिणत भएपछि विदेशीन बाध्य भएका छन । कुनैबेला जनजाली परिवार जमिन भएकै कारण गाँउमा सेट जीकै रुपमा परिचित थिए,तर भएको जमिन दलदलमा परिणत भएपनि जनजालीका दाजुभाई पनि विदेशीका छन । बेलडाँडीका स्थानीय अगुवा दिनेश ठगुराठीले १ नम्बर वडामै एक हजार भन्दा बढि विगाह जमिन बाँझै रहेको बताए । ‘बेलडाँडीको आधा जति जमिन दलदलमा परिणत भएको छ, ‘उनले भने, ‘मेसिनबाट पानीको निकास हुँदैन, मानविय श्रमशक्ति लगाएरै भएपनि पानीको निकास गर्नुपर्छ ।’ उनले बेलडाँडीको दक्षिणमा रहेका किसानले त्यही बराबर रहेको खेतमा नगदे बाली लगाएर बार्षिक लाखौँ आम्दानी गरेपनि बेलडाँडीका किसानले बाँझो जमिन हेरैरे चिन्त बुझाईरहेका छन । बेलडाँडी गाँउपालिका २ चवन्नीका यज्ञ खडकाले जमिन दलदलमा परिणत भएपछि खेतीपाती गर्न नसकिएको बताए । ‘पहिला कमकमै दलदल थियो, खेतीपाती गर्न सकेत सहज हुन्थो, ‘उनले भने, ‘अहिले सिङ्गै मानिस दलदलमा फस्छ, खेती त परै जावस जान पनि सकिदैन ।’ बेलडाँडी गाँउपालिका ३ खैरिघाटका जमन रानाले सिमसार व्यवस्थापन नहुँदा किसानलाई निकै समस्या खेप्नु परेको बताए । ‘जमिन छ, जमिन भएर के गर्ने, ‘उनले भने, ‘भएको खेत पनि बाँझै राख्नुपर्ने बाध्यता छ, दलदल खेतमा खेती गर्न सकिदैन ।’ बेलडाँडी गाँउपालिका ४ वैवाहका पदम लुहारले खेत सिमसारणमा परिणत भएपछि अन्न किनेरै गुजारा चलाईरहेको बताए । ‘विगतमा मेरो परिवार आफ्नै खेतमा उत्पादन भएको अन्नबालीले घरमा खान पुग्थ्यो, ‘उनले भने, ‘अहिले खेत बाँझै भएकाले किनेर खान्छौँ ।’ लुहारले खेत बाँझैभएपनि विदेशीन बाध्य भएको बताए । बेलडाँडी गाँउपालिका ५ झिलमिलाका पदम खडकाले गाँउमा नहर निर्माण भएदेखि नहरको पानी चुहिएर पुरै खेतमा जाने भएकाले उर्बराभूमि सिमसारणमा परिणत भएको बताए । ‘मेरो एक विगाह जमिन छ, ‘उनले भने, ‘खेतियोग्य नभएपछि गुजारा चलाउन विदेशीएको छु ।’ नहर निर्माण अघि उर्बराभूमिमा धान, मसुर लगायतका अन्नबाली लगाउने गरेपनि खेत सिमसारमा परिणत भएपछि विदेशीएको बताए । जमिन सिमसारमा परिणत भएपछि घाँस काट्न बाहेक अन्य कुनै कामकाजका लागि नभएको बताए । ‘पहिले हाम्रै खेतमा राम्रो उत्पादन हुन्थ्यो, ‘उनले भने, ‘अहिले खेत दलदलमा परिणत भएको छ, छेउछाउ बाहेक अन्यमा खेती नै हुँदैन ।’ केही बर्ष अघि सरकारी तथा गैर सरकारी निकायको पहलमा सिमसार जमिनमा नाला निर्माण गरेपछि केही जमिन खेतीयोग्य भएको बताउँदै अझै झिलमिलाको सयौँ विगाह जमिन बाँझै रहेको बताए । हरेक निर्वाचनमा राजनीतिक दल, तिनका नेता कार्यकर्ता उम्मेदवारले बेलडाँडीको सीमसार जमिन पुर्नरुत्पादनको एजेण्डा अघि सारेपनि चुनाव जितेपछि भुल्ने प्रवृतिले कृषियोग्य भूमिको सदुपयोग हुन सकेको छैन । स्थानीय, प्रदेश र संघीय चुनावमा उठने दलका नेता कार्यकर्ताहरुले चुनाव जित्नकै लागि उक्त एजेण्डा अघि सारेपनि चुनाव जितेपछि वास्ता नै नराख्दा उर्बरा जमिन जलायसमा परिणत भएको छ । कृषिलाई प्राथमिकतामा राखेको, स्थानीय, प्रदेश र संघीय सरकारले बेलडाँडीको उर्बरा जमिन पुर्नरुत्पादनमा ध्यान दिएको छैन । बेलडाँडीका स्थानीय अगुवा जनक सिह धामीले सिमसार(दलदल)मा रहेको जमिन पुर्नरुत्पादनका लागि के गर्न सकिन्छ, त्यही अनुरुप सरकारले योजना ल्याउनुपर्ने बताए । उनले हजारौँ जमिन जमिन बाँझै हुँदा युवा विदेश पलायन भएको विदेशबाट खाद्यान्न ल्याएर बाँच्नुपर्ने बाध्यता हटाउनुपर्ने बताए । कृषि क्रान्तिका नाममा कृषिमा क्रान्ति गछौँ भन्ने स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान मात्रै होईन चासो समेन नदिएको बताए । ‘जहाँ कमिसन पाईन्छ, त्यही योजना हाल्छन, ‘उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यस्ता जमिनको चिन्ता छैन, आफन्तलाई अनुदान पोस्नदेखि कृषिमा नामामा नक्कली काम गर्नेलाई बजेट दिन्छन, कर्मचारीलाई पनि यस्तै कहाँ बढि कमिसन त्यहीको योजना कार्यान्वयन गर्छन ।’ सीमसार व्यवस्थापनका लागि सरकारले योजना ल्याउनुपर्ने र जनताले समेत साथ दिनुपर्नेमा जोडदिएका छन । बेलडाँडीका स्थानीय धनसिह विष्टले दलदलमा परिणत भएको कृषिभूमि खेतीयोग्यमा परिणत गर्नका लागि सरकार अग्रसर हुनुपर्ने, समाजिक संघ संस्था स्थानीयले समेत साथ सहयोग आवश्यक रहेको बताए । आफुहरुले उक्त जमिन पुर्नरुत्पादनका लागि सरोकारवालासंग पैरवी गर्ने बताए । बेलडाँडी १का वडाध्यक्ष एव प्रवक्ता गज बहादुर विष्टले गाँउपालिका १ देखि ५ पुरै वडाको सिमसारमा परिणत भएको जमिन पुर्नरुत्पादन गरिने बताए । ‘हामी निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकबाट सीमसार व्यवस्थापनका लागि डिपिआर तयार पारेर खेतीयोग्य जमिन बनाउँछौँ ।’ बेलडाँडी ५ का वडाध्यक्ष ईन्द्र खडकाले खेतीयोग्य जमिन सिमसारणमा परिणत हुँदा युवा जनशक्ति विदेशिनुका साथै खाद्यान्न समेत विदेशबाट किन्नुपर्ने बाध्यता रहेको बताए । ‘मैले वडाबाट सक्दो पहल गर्छु, ‘उनले भने, ‘वडाकै पहल बाटै होला जस्तो छैन, यसमा प्रदेश र संघ सरकारले हेनुपर्छ ।’बेलडाँडी स्थानीय सरकारले दलदलमा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि योजना अघि सारेको जनाएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीको सिमसार जमिन खेतीयोग्य जमिनमा परिणतका लागि आगामी आर्थिक बर्ष ०८०÷०८१का नीति, कार्यक्रम तथा बजेटमा समेटिएको बताए । गाँउप्रमुख रानाले कुनै न कुनै विधी निकालेर जमिन खेतीयोग्य बनाउँने प्रतिबद्धता जाहेर गरेका छन । लामो समयदेखि बाँझै रहेको जमिनलाई खेतीयोग्यमा परिणत गर्नका लागि गुरु योजना नै बनाएर अघि बढने बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि उक्त बेलडाँडीमा सिमसारमा परिणत भएको जमिन खेतीयोग्यमा परिणतका लागि योजना बनाउने जनाएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सुचना अधिकारी जनक सिहले उक्त जमिन कृषिमा परिणतका लागि प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए । ‘यस अघि केही जमिन हामीले पुर्नत्पादनमा ल्याएर चैत्रधान खेती गरेका थियौँ, ‘उनले अहिलेपनि बाँकी जमिन खेतीयोग्य बनाउन पहल गछौँ ।’ सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पुर्व सचिव डा. मदनसिह धामीले खेतीयोग्य भूमि पुर्नरुत्पादनका लागि प्रदेश सरकारले सम्बन्धीत निकाय पालिका, कृषि ज्ञान केन्द्र मार्फत समन्वय गरेर अघि बढ्ने बताए । ‘भएको जमिन उपभोग गर्दै खाद्य संकट निदानदेखि आर्थिक विकाससग जोड्छौँ, ‘पुर्व सचिव डा. धामीले भने, ‘एक पटक प्रदेश सरकारले जमिनको स्थलगत अनुगमन गरेर योजना बनाउँछौँ ।’ झण्डै २६ बर्षदेखि बेलडाँडी पुरै वडाको हजारौँ विगाह जमिन सिमसारणमा परिणत भएसंगै स्थानीय विदेशीन बाध्यदेखि कृषिको विकाससंगै देशकै कुल ग्राह्यर्थ उत्पादनमा प्रभाव परेको छ । जसका कारण अर्थतन्त्रमा समेत नकारात्मक असर पर्दै आएको छ । किसानलाई आत्मनिर्भर बन्नदेखि आर्थिक विकासका लागि कृषि नै मुल आधार भएकाले बेलडाँडीको दलदल जमिनले स्थानीय मात्र नभई देश प्रदेशकै विकासमा योगदान पु¥याउने छ ।

सम्बन्धित समाचार

Leave a Reply