बिहि, साउन २१, २०८३

न्यायाधीश राजेन्द्र सिह भण्डारीको विदाई


कञ्चनपुर, साउन २१ कञ्चनपुर जिल्ला अदालतका तत्तकालिन न्यायाधीश राजेन्द्र सिह भण्डारीको विदाई गरिएको छ । न्यायाधीश भण्डारीको जिल्ला अदालतका कर्मचारी सहित कानुन व्यवसायीहरुले विदाई गरेका हुन ।

बिहीबार कञ्चनपुर जिल्ला अदालत बार एसोसिएशनले फेरी भेटौला कार्यक्रम गरेर विदाई गरेको हो । सहकर्मी, अदालतका कर्मचारी जिल्लाका कानुन व्यवसायी सहितका विभिन्न सरकारी निकायका प्रमुख एव प्रतिनिधीहरुले अबिरदेखि खादा लगाएर आगामी यात्राको शुभकामना व्यक्त गरेका छन ।

न्याय परिषद्ले जिल्ला अदालतका न्यायाधीश भण्डारीको काठमाण्डौँ जिल्ला अदालतमा सरुवा गरेको थियो । व्यवसायिक तथा विदाई कार्यक्रममा न्यायाधीश राजेन्द्र सिह भण्डारीले आफ्नो जिम्मेबारी कानून अनुरुप निर्वाह गर्दै नागरिककै सेवामा कटिबद्ध हुने प्रतिबद्धता जाहेर गर्दै आएका छन ।

न्यायाधीश भण्डारी कञ्चनपुर जिल्ला अदालतको न्यायाधीश हुँदा गत आर्थिक बर्ष ०८२÷०८३मा देशभरका सबैभन्दा बढी मुद्दा फछ्यौट गरेर पहिलो नम्बरमा थिए ।

यसका साथै गत आर्थिक बर्ष ०८२ फागुन २१ मा भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा समेत कञ्चनपुरको मुख्य निर्वाचन अधिकृत भएर शान्तिपूर्वक, विवादरहित रुपमा निर्वाचन समेत भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित समाचार