बिहि, साउन २१, २०८३

अमृत डिष्टिलरीको ‘प्वाईन्ट ८६’ मदिरा बजारमा


कञ्चनपुर, साउन २१कञ्चनपुरको मदिरा उत्पादक कम्पनीले अन्र्तराष्ट्रिय स्तरकै नयाँ ब्राण्डको मदिरा उत्पादन गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका १० शिवनगरमा रहेको अमृत डिष्टिलरीले अन्र्तराष्ट्रिय स्तरकै नयाँ ब्राण्डको मदिरा उत्पादन गरेको हो ।

ग्वालेक ग्रुपअन्तर्गत सञ्चालित अमृत डिस्टिलरीले नेपाली मौलिकता, राष्ट्रिय पहिचान सहित अन्तर्राष्ट्रियस्तरको गुणस्तरलाई समेट्दै नयाँ ब्रान्ड ‘प्वाईन्ट ८६’ बजारमा ल्याएको जनाएको छ । अमृत डिष्टिलरीका संचालक एव ग्वालेक ग्रुपका अध्यक्ष पिताम्बर जोशीले अन्र्तराष्ट्रिय स्तरकै मदिरा उत्पादन गरिएको बताए ।

उच्च स्तरिय मदिराको उपभोग गर्दै आएका ग्राहकको माग अनुरुप अमृतले उक्त नयाँ ब्राण्ड बजारमा ल्याएको बताए । उनले स्वीडेनबाट स्प्रिड र चिनबाट बोतल र नेपालको पानी प्रयोग गर्दै उक्त .८६ ब्रान्डको मदिरा बजारमा ल्याएको बताए । सरकारले अद्यावधिक गरेको सगरमाथाको उचाई ८ हजार ८सय ४८.८६ मिटर बाट प्रेरित भएर उक्त मदिराको नाम .८६ नामाकरण गरिएको छ ।

उक्त मदिरा १८०एमएल र ७५०एमएल परिमाणमा बिक्रि वितरण गरिनेछ । ‘नेपालको सर्वोच्च शिखर सगरमाथाको गौरव र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादनमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘.८६’ ब्रान्ड ल्याइएका छौँ, ‘अमृत डिष्टिलरीका संचालन जोशीले भने, ‘.८६’ केवल एउटा उत्पादनको नाम मात्र नभई नेपाली मौलिकता, आत्मगौरव र गुणस्तरीय उत्पादनप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो, यसलाई स्वदेश मात्रै होईन विदेशमा समेत निर्यात गरिनेछ ।

’ साथै, आकर्षक र आधुनिक बोतल विशेष रूपमा चीनमा डिजाइन तथा निर्माण गरी नेपाल ल्याइएको जनाएको छ।अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, आधुनिक प्याकेजिङ र नेपाली पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको ‘.८६’ ब्रान्डले स्वदेशी बजारसँगै भविष्यमा अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

अमृत डिस्टिलरीले गुणस्तर, आधुनिक प्रविधि र नेपालीपनको समिश्रण मार्फत उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने लक्ष्यका साथ ‘.८६’ ब्रान्ड सार्वजनिक गरेको जनाएको छ। यस अघि पनि अमृत डिष्टिलरीले विभिन्न मदिराका ब्राण्ड बजारमा ल्याईसकेको छ । यस पटक ल्याएको मदिरा ब्राण्डले मदिराका पारखीका लागि स्वदेश तथा विदेश जहाँ भएपनि सहजै उपलब्ध हुनेछ ।

सम्बन्धित समाचार