सोम, असार १, २०८३

०८४ मा संसदीय चुनाव हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ ः बास्तोला


कञ्चनपुर, १०चैत्र

नेपाल कम्युनिष्ट पाटी(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले आगामी ०८४मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गर्नुभएको छ ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पुँजिवादी व्यवस्था बिरुद्ध जनसंघर्ष अभियानको उद्घाटन गर्दै महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले आगामी ०८४मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गर्नुभएको हो ।

‘आगामी निर्वाचन संसदीय हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ, ‘उनले भने, ‘संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागि हुनुपर्छ ।’ महासचिव बास्र्तोलाले भ्रष्ट दलाल पुँजिवादी व्यवस्था बिरुद्ध नेपाली जनतामाथि शोषण उत्पिडन भएको भन्दै अब यो व्यवस्थाबाट जनतालाई मुक्त गराउनुपर्ने बताए ।

संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधीदेखि प्रधानमन्त्री, मन्त्रीहरु भ्रष्ट भईरहेको दावि गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएका विषय प्रष्ट पार्नुपर्ने बताए ।

कार्यकारी प्रमुख सिधै जनताको भोटबाट चुनिनुपर्छ, जनप्रतिनिधी सभा गठन गर्नुपर्छ । विज्ञबाट मन्त्री बनाउनुपर्छ, ‘तब मात्रै नेपाली जनताले अपेक्षाकृत राज्यबाट सेवा पाउनेछन ।’ सरकार र राज्यका कारण राजावादी समुह सकृय भईरहेको भन्दै उनले संसदीय दलहरु जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए ।

न्याय प्रणालीको सुधार आवश्यक, छ नेपालको न्याय प्रणााली पहुँच नहुने गरिब जनताको हितमा छैन, लाखौँ, करोडौँ खर्च नगर्दा न्याय पाउन सक्दैनन, ‘उनले भने, ‘प्रधानन्यायधिश बन्दा पनि पैशा चाहिन्छ, न्यायाधिश पनि जनताबाटै नियुक्त हुनुपर्छ तब मात्रै न्यायाधिशरुपनि देश र जनताप्रति उत्तरदायी हुन्छन ।

’ हरेक नेपालीले जन्मिदै उपचारदेखि सम्पत्ती सुरक्षाको हक आवश्यक रहेको औल्याउँदै पुँजिवादी व्यवस्था नभई वैज्ञानिक समाजवादी व्यवस्था चाहिएको हो । यो, व्यवस्थाका लागि संघर्ष आवश्यक रहेको बताए ।

‘नेपाली जनताले फेरी एक पटक सडकमा आउनुपर्छ, दलालपुँजीवादी व्यवस्था बदल्नुपर्छ, ‘उनले भने, ‘सम्बृद्धि देश र जनताका लागि वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि हामी जनताको घरदैलोमा पुग्छौँ ।

कार्यक्रममा नेकपा बहुमत स्थायी कमिटि सदस्य देवीदत्त पाण्डेयले आजको संक्रमणकालको फाईदाका लागि प्रतिकृयावादी शक्तिहरु सलबनाईरहेको भन्दै यस्त जनबिरोधी शक्ति परास्थ गर्नका लागि पाटीले गाँउ गाँउ जिल्लाहरुमा संचालन आवश्यक रहेको औल्याए ।

बहुमत सेती महाकाली इन्चार्ज निर्मलले पाटीले अघि सारेको योजना कार्यक्तम अनुरुप प्रदेशका सबै जिल्लाहरुमा अभियान संचालन गरिने बताए ।

कार्यक्रम संचालन समेत गरेका बहुमत जिल्ला पुर्व इन्चार्ज हरिस दयालले अभियानलाई कञ्चनपुर सहित देशभर प्रभावरी रुपमा अघि अघि बढाईने बताए ।

बहुमत जिल्ला इन्चार्ज गणेश रैकालले जिल्लाभर अभियान संचालन गरिने बताए । ६ महिनासम्म संचालन हुने अभियान गाँउगाँउ बस्तीमा संचालन हुने नेकपा बहुमतले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply