बुध, बैशाख २३, २०८३

कञ्चनपुरमा उखु खेतीको फड्को: चिनी उद्योग सञ्चालनले १० हजार किसानलाई आर्थिक लाभ


कञ्चनपुर, फागुन१४
जस्तो गुलियो उस्तै उखुले किसानको जिवनमा सुधार ल्याईदिएको छ । नगदे बालीको रुपमा रहेको उखु खेती कञ्चनपुरका किसानका लागि घरदैलोमै रोजगारी बनेको छ ।
जील्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा चिनी उद्योग स्थापना भएसंगै उखु किसानको जिवनमा आर्थिक सुधार आईरहेको छ । १४ बर्ष अघि बेलौरी १० शिवनगर र ९ बर्षअघि पुनर्वास नपा २ दशरथ बस्तीमा चिनी उद्योग संचालनमा आएसंगै दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास लालझाडी सहितका जिल्लाका अन्य पालिका गाँउबस्तीका उखु किसानको जिवनमा आर्थिक सुधार ल्याएको छ ।
दुवै चिनी उद्योग नहुँदा पनि थोरै किसानले उखुखेती गर्दैै आएका, उद्योग संचालनमा आएसंगै जिल्लामा अहिले थुप्रै किसानले उखु खेती गरिरहेका छन । उनीहरुले स्वदेशमा रहेका केही गुर उद्योग र भारतमा बेच्दै आएका थिए । गाँउमै उद्योग नहुँदा सस्तोमै भारतमा उखु बेच्नुपर्ने पनि किसानको बाध्यता थियो, तर अहिले उखु किसान अधिकाँस समस्या टर्दै गएका छन । झण्डै २०÷२२किलोमिटर दुरीमा दुई चिनी उद्योग संचालनमा आएपछि स्थानीय उखु किसानलाई ठुलो राहत मिलेको छ ।
लालझाडी गाँउपालिका ३ नन्दगाँउका उखु किसान बहाली रानाले जिल्लाका दुई चिनी उद्योग स्थापना भएसंगै सहजै उखु उत्पादनको दायर समेत बृद्धि गरेको बताए । ‘मैले ०६२सालदेखि नियमित उखु खेती गर्दै आएको छु, उतिबेला चिनी उद्योग थिएनन, ‘रतनपुरमा भएको एक सानो चिनी उद्योग पनि बन्द भयो, गाँउकै कोलुमा बेच्दै आएका थिए, अहिले फेरी चिनी उद्योग संचालनमा आएपछि उखुखेती विस्तार गरेको छु ।’
विगतमा १०कट्टामा उखु खेती गर्दै आएका राना अहिले तीन विगाहमा गर्दै आएका छन । उनले उखुबाट बार्षिक ८देखि १२लाख कारोबार गर्दैै आएको बताए । ‘अरु खेती भन्दा उखुले नगदै प्रतिफल दिन्छ, ‘उनले भने, ‘त्यही भएर उखु खेती गरिरहेको छु ।’ रानाले सरकारी अनुदान पाउनमा मुस्किल झन्झटिलो भएकाले कि हटाउनुपर्ने नभए सहज बनाउनुपर्ने माग राखेका छन । बेलडाँडी ४ वैवाहका उखु युवा किसान दिल प्रशाद शर्माले उखु खेतीलाई स्वरोजागरकै रुपमा काम गरेको बताए । ‘मेरो परिवारले २० बर्षदेखि उखुखेती गर्दै आएको थियो, उतिबेला गाँउमा गुर उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले दुई ठुला चिनी उद्योग संचालनमा आएका छन, मैले विदेश जानु भन्दा अरुको जमिन पनि भाडामा लिएर उखुखेती गर्छु, अन्य किसानको उखुपनि मिलसम्मै ओसार्छु ।’ शर्माले कञ्चनपुरमा ८ विगाह र बर्दियामा समेत ६ विगाह जमिनमा उखु खेती गरेका छन । उनले आफुले बार्षिक १ करोडको कारोबार गर्दै आएको बताए । ‘उखुमै थुप्रै सम्भावना छ, किन विदेश जानुप¥यो, हाम्रै माटोमा कमाई छ, ‘उनले भने, ‘सरकारले पनि युवाहरुलाई उखुखेती तर्फ आकर्षित हुने कार्यक्रम प्रर्बद्धन गर्नुपर्छ ।’
पुनर्वास नगरपालिका ९का निर्वतमान वडाध्यक्ष समेत रहेका उखु किसान नारायण प्रशाद जैसीले नेपालको आर्थिक सम्बृद्धिको आधार उखु भएको बताए । ‘हामीले स्वदेशमा थुप्रै उखु खेती गरेर चिनी उत्पादन गरेर विदेशमा पनि बेच्नुपर्छ, तब मात्रै हाम्रै वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ ।’
अढाई दशकदेखि उखुखेती गर्दै आएका पुर्नवासका उखु किसान जैसीले ५ विगाहमा उखुखेती गरेका छन । उनले आफ्नो सहित जमिन भाडामा लिएर उखु खेती गरेका छन ।
‘विगतमा हामीले भारतमा पनि उखु बेच्दै आएका थियौँ, ‘उनले भने, ‘अहिले त स्वदेशमै पनि उखु क्रसिङ्ग गर्ने उद्योग संचालनमा आएका छन, हामीलाई सहज भएको छ ।’
बेलौरी नगरपालिका १० सडकघाटका प्रभावशाली उखु किसान चक्र बहादुर कडायतले ३२ विगाह जमिनमा उखु खेती गरेका छन । उनले उखुखेतीबाटै ठाँउ ठाँउमा सम्पत्ती पनि जोडेको बताउँछन । ‘मैले २२ बर्षदेखि उखुखेती गर्दै आएको छु, ‘उनले भने, ‘स्वदेशमा चिनिमिल नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले दुई चिनी उद्योग संचालनमा सहज भएको छ ।’ खठायतले बार्षिक ५०देखि ६०लाखको उखु बेच्दै आएका छन । उनले मल, बिउ, औषधीका कारण उखु किसानलाई समस्या भएको बताए ।
चिनी उद्योगले दुईदेखि चार साताभित्रै भुक्तानी गर्दै आएपनि किसानलाई सुविधा भएको उनले बताए । बेलडाँडी गाँउपालिका ४ वैवाहकै अर्का उखु किसान रनी सिह धामीले पनि दुई दशकदेखि उखुखेती गर्दै आएका छन । ‘मैले विगतमा १०कट्टामा उखु खेती गर्दै आएको थिए, उद्योग संचालनमा आएपछि अहिले डेढ विगाहमा उखुखेती गर्छु, ‘उनले भने, ‘घर परिवारको आयको स्रोत पनि उखु नै छ, तर सरकारी अनुदान लिन झन्झट भएको छ ।’ गत मंसिरदेखि संचालनमा आएका दुवै चिनी उद्योगले प्रति क्विन्टल ५ सय ८५रुपैयामा उखु खरिद शुरु गरिरहेका छन ।
कञ्चनपुरका झण्डै १० हजार किसान उखुखेतीमा गर्दै आएका छन । दुई ठुला उद्योग सहित गुर उद्योगमा उखु किसानले उखु बेच्दै आएका हुन । जिल्लामा दुई ठुला चिनी उद्योग संचालनमा आएसंगै उखुखेती गर्ने किसानको संख्या ह्वातै बढेको हो ।
उखु उत्पादन हकहित किसान समितिका कोषाध्यक्ष चेतन कुमार राईले पहिलेदेखि जिल्लाका किसानले उखुखेती गरेपनि ०६७ सालदेखि बेलौरी नगरपालिका १० शिवनगरमा महाकाली सुगर ईण्डिष्ट्रिज प्रालि र ०७२ सालदेखि पुनर्वास नगरपालिका २ दशरतबस्तीमा भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालि संचालनमा आएसंगै ह्वातै किसानको संख्या बृद्धि भएको बताए । ‘पहिला गाँउकै कोलु उद्योग र भारतमा बेच्दै आएका थिए, उतिबेला किसान निकै समस्यामा परेपनि अहिले गाँउकै ठुला चिनी उत्पादन उद्योग संचालनमा आएसंगै किसानलाई सहज भएको छ ।’ उखुले किसानको जिवनस्तरमा आर्थिक बृद्धि गरेसंगै स्वदेशमै पनि रोजगारीको आधार बनेको बताए ।
सरकारले प्रति क्विन्टल ७० रुपैया अनुदान लिनका लागि झन्झट हुने भएकाले उखुकै मुल्यमा समायोजनमा जोडदिए । तीनै तहका सरकारले युवा बैदेशिक पलायन रोक्नका लागि युवाहरुलाई उखुकिसानका कार्यक्रममा संलग्न गराउनुपर्ने बताए ।
दुवै चिनी उद्योगका अनुसार जिल्लामा झण्डै १५ हजार हेक्टर जमिन क्षेत्रफलमा उखुखेती गरिदै आएको छ, तैपनि उद्योगलाई अन्तिमतिर कच्चा पदार्थको अभाव हुँदै आएको छ ।
महाकाली सुगर ईण्डिष्ट्रिज प्रालिका प्रशासन प्रमुख कालुसिह ठगुन्नाले यस बर्ष १७ मंसिरदेखि उद्योगले उखु क्रसिङ्ग गरिरहेको बताए । उनले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ्ग भईरहेको र उद्योगसंग प्रत्यक्ष ४ हजार हराहारीमा किसानले बार्षिक उखु बेच्दै आएको बताए । बार्षिक २१ लाख क्विन्टल उखु क्रसिङ्ग गर्दै आएको उद्योगले गत बर्ष १ लाख ८० हजार क्विन्टल चिनी र ८ लाख लिटर स्प्रीड उत्पादन गरेको बताए । उनले कच्र्चा पदार्थ आभाव हुने र सडक सुविधा चुनौतीपुर्ण रहेको बताए । भागेश्वर सुगरमिल एण्ड केमिकल्प ईन्डष्ट्रिज प्रालिका प्रशासन प्रमुख डम्बर खडकाले गत २० मंसिरदेखि उखु क्रसिङ्ग गरिरहेको बताए । उनले दैनिक २५ हजार बार्षिक २५ लाख उखु क्रसिङ्ग गर्दै आएका छन । ‘हाम्रो यहाँ कञ्चनपुर सहित कैलालीबाट समेत उखु आउने गरेको छ, ‘उनले भने, ‘अहिले नै कच्चा पदार्थको अभाव छैन, तर उत्पादन बृद्धि हुनुपर्छ ।’ गत बर्ष १लाख ६० हजार क्विन्टल र सोही अनुपातमा स्प्रीड उत्पादन गरेको बताए ।
बेलडाँडी गाँउपालिका २ चवन्नीमा रहेको केदार गुर उद्योगका संचालक डम्बर शाहले भारतबाट आउने केमिकलयुक्त गुरले नेपाली गुर व्यवसायी मारमा परेको बताए । उनका अनुसार दैनिक एकसय क्विन्टल उखु क्रसिङ्ग गर्दैै आएको छ । ‘हामीले गत कार्तिकदेखि नै उखु क्रसिङ्ग गर्दै आएका छौँ, ‘उनले भने, ‘दैनिक एकसय किलो गुर उत्पादन गछौँ, बार्षिक १८हजार क्विन्टल गुर उत्पादन गर्दै आएका छौँ ।’ भारतीय चोरी तस्करीको गुर रोकथामदेखि झन्झटिलो अनुदान हटाउनुपर्ने, गुर उद्योग प्रर्बद्धन गर्नुपर्ने उनको भनाई छ । भाषणबाजी देश सम्बृद्धि नहुने भन्दै यस्तै बस्तु तथा सेवा उत्पादनका कार्यक्रम संचालन आवश्यक रहेको सरोकारवालाहरुको समेत सुझाव छ ।

सम्बन्धित समाचार

Leave a Reply