आइत, असार ७, २०८३

कञ्चनपुरको बनसमितिमा ट्रकले माेटरसाइकललाई ठक्कर दिदा युवतीकाे मृत्यु


कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको बनसमितिमा ट्रकले माेटरसाइकललाई ठक्कर दिदा युवतीकाे मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका-५ काे वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको माेटरसाइकललाई ठक्कर दिएकाे हाे ।

ट्रककाे ठक्करबाट माेटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बाेहराकाे मृत्यु भएकाे कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी)  चक्रराज जाेशीले जानकारी दिए ।

उनकाअनुसार माेटरसाइकल चालक महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएकाे छ ।ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply