आइत, असार ७, २०८३

साक्षात नागदेवता उत्पन्न भएको भन्दै दोधारा चाँदनीमा पुजापाठ सुरु


पप्पु गुरुङ दोधारा,फागुन१३ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नागदेवता उत्पन्न भएको भन्दै पुजाआजा सुरु गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियाकवर झोलुङ्गे पुल नजिक नाग भगवान उत्पन्न भएको भन्दै स्थानियबासीहरुले पुजा अर्चना सुरु गरेका हुन् ।

स्थानिय एक बालिकाले सर्पलाई नुहाईदिने गर्दै आएको बताईएको छ् । उक्त दुर्लभ देखिने सर्पले कसैलाई क्षती नगर्ने, पुल आसपास क्षेत्रमा घुम्ने गरेको स्थानियबासी नुवा देवी खत्रीले बताउनुभएको छ् ।

जो कोहीले सर्पलाई हातमा खेलाउने गर्दै आएको उहाँको भनाई रहेको छ् । वर्षौ देखि कुतियाकवर झोलुङ्गे पुलको तलको पानीको भागमा शिवलिङ्ग रहेको र पुजा आजा गर्दै गरेको स्थानियबासीहरुले ११ दिन अघि उक्त शिवलिङ्गमा सर्प बेरिएको अवस्थामा देखा परेको नुवा देबी खत्रीले बताउनुभएको छ् ।

शिवलिङ्ग रहेको स्थानमा फोहर भएको कारण उक्त स्थानलाई छाडेर नजिकै पुलको पुर्व/पश्चिम दिशा तर्फ नाग देवताले आफ्नो बासस्थान बनाएको नुवा देबी खत्रीको भनाई रहेको छ् ।

नाग देवता देखा परेको खबर पाएपछि स्थानियबासी र सिमावर्ती भारतिय क्षेत्रबाट दर्शनालुको भिड लाग्न थालेको छ् । नागदेवतालाई भक्तजनहरुले फुल र दक्षिणा चढाउने गरेको नुवा देबीले बताउनुभएको छ् ।

उक्त सर्पले बासस्थान बनाएको स्थानमा स्थानियबासीहरुले मन्दिर निमार्ण गर्ने तयारी गरेको बताईएको छ् । भोली महाशिवरात्रीका दिन नाग देवताको पुजा आजा गरि धार्मिक कार्यक्रम गर्ने तयारी रहेको उहाँको भनाई रहेको छ् ।

सिमावर्ती भारतिय क्षेत्रमा बस्ने नवल कुमारले सामाजिक सञ्जालमा नाग उत्पन्न भएको खबर पाएपछि दर्शन गर्न आएको बताउनुभएको छ् ।

आफु भोले वावाको भक्त भएको बताउदै दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियाकवर झोलुङ्गे पुलमा असमान्य क्रियाकलाप गर्ने सर्प नाग देवताकोरुप रहेको भारतिय नागरिक निवासी नवल कुमारको भनाई रहेको छ् ।

सम्बन्धित समाचार

Leave a Reply