बुध, बैशाख २३, २०८३

कञ्चनपुरमा घर नजिकैको खेतमा चौधरी मृत भेटिए


कञ्चनपुर ।कञ्चनपुरमा एक जना मृत भेटिएका छन् ।पुनर्वास नगरपालिका–११, रामजानकी टोल बस्ने ४६ वर्षीय फिरु चौधरी सोमबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी घरदेखि करिब सय मिटर टाढा खेतमा मृत अवस्थामा फेला हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार