कञ्चनपुर, १६ भदौँ सुदुरपश्चिम प्रदेशका गाँउ गाँउमा गौरा पर्व शुरु भएको छ । यस बर्षपनि गत विगतका बर्षहरु जस्तै सुदुरपश्चिममा गौरा पर्व शुरु भएको हो । भाद्रशुक्ल तथा कृष्णपक्षको पञ्चमी तिथिदेखि शुरु हुने बिहीबारदेखि औपचारिक रुपमा पञ्चबिरुडा झिजाएर गौरा पर्व शुरु भएको धार्मिक अगुवाहरुले बताएका छन ।
गौरा पर्व पश्चिम नेपालको सुुदूरपश्चिम र भारतको उत्तराखण्ड प्रदेशमा एकसाथ धुमधामका साथ मनाईन्छ । प्राचिन समयमदेखि (नेपाल–भारत)का उक्त क्षेत्रहरुमा बसोबास गर्ने स्थानीयले गौरा पर्वलाई विषेश महत्वका साथ मनाउदै आएको किम्बदन्ती छ । यति बेला सुदूरपश्चिम र उत्तराखण्ड प्रदेशमा गौराको रौनक तथा चहलपहल बढ्दै गएको छ । दुई देशका पश्चिमी भेगका नागरिकले मनाउने पर्व समान र एकै प्रकृतिका भएकाले गौरा पर्वलाई दक्षिणी एसियाका (नेपाल–भारत) को सामरिक महत्वका रुपमा लिईन्छ ।
आ–आफ्नो परम्परागत पर्व भएकाले सुदूरपश्चिमेली र उत्तराखण्ड कुमाउ गड्वाल क्षेत्रका स्थानीय गौरा पर्वमा रमाएका छन् । गौरा हुने घर तथा मन्दिरमा स्थानीय दशनार्थीको चहलपहल बढ्दै गएको छ । गौरा पर्व मनाउनेका लागि देश विदेशमा रहेका हिन्दु धर्मालम्बी सुदूरपश्चिमेली तथा कुमाउका स्थानीय घर फर्किएका छन् । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम, बझाङ्ग र बाजुरमा धुमधामका साथ गौरा मनाईन लागिएको छ ।
गौराको पहिलो दिन पञ्च बिरुडी जस्तै (गहत, गुँरास, कलउ, माँस र गहुँ) लाई शुद्ध तामाका भाँडामा भिजाईन्छ । विवाहित ब्रत बसेका महिलाले मात्रै बिरुडा भिजाउँछन र धुन्छन् । दोस्रो दिन पानीको धारामा लगेर बिरुडा संयुक्त रुपमा धुन्छन् ।, तेस्रो दिन गौरा मन्दिर तथा गौरा हुने घरमा गहना लगाएर महिलाले गौरा भित्र्राउँछन् । सहुँ, धान र कुस मिलाएर गौरीको आकृति बनाएर व्रत बसेका महिलाले गौरा घर तथा मन्दिरमा राखि पुजा गरिन्छ । गौरालाई कन्याका रुपमा पुजा गर्ने परम्पराछ ।
सो दिनलाई गौरा भित्र्राईएको मानिन्छ । चौथो दिन गौरी र महेश्वरको विवाह गराई दुईटै आकृतिलाई एउटै बनाई गौरी–महेश्वरको रुपमा पुजा गर्ने चलन छ । सोही दिनमा अठ्वाली मनाईन्छ । पुजापछि बिरुडा लगायतका फलफुललाई पुरोहित अर्थात पण्डितबाट फट्काईन्छ । जसलाई फलफट्काउने भनिन्छ । पुरुषबाट कपडामा फलफुल राखेर पण्डितको निर्देशनमा फल र बिरुडा आकासतिर फ्याकिन्छ । आकासबाट फ्याईएको फल तथा बिरुडाको बेग्लै महत्व हुन्छ । व्रत बसेका महिलाले बिरुडाले महाकाली, महालक्ष्मी र महा सरस्वतीको पुजा गर्दछ । अष्टमिकै दिन व्रत बसेका महिलाले धुवधागो लाउने र बिरुडालाई ग्राहण गर्छन् । व्रत बसेका महिलाद्वारा श्रीमानको पुजा गरि फल प्रशाद दिईन्छ । साथै आफन्त, कुटुम्ब र अन्य मान्यजनबाट बिरुडाबाट सिङ्गो शरिर पुजन गर्दछ ।
पञ्च अन्न रहेको बिरुडालाई पुजनपछि प्रशादका रुपमा घर घरमा ग्रहण गर्ने चलन छ । गौरालाई अठ्वाली अर्थात अष्टमीकै दिन पनि बिर्सजन गरिन्छ । तर, कहिलेकाही शुभ सायत नपरेपछि द्वादसी पुर्णिमासम्म गौरा मनाईन्छ । आचार्य घनश्याम लेखकले गौराको धर्म, संस्कृति र संस्कारमा ठुलो महत्व भएको बताए । आचार्य लेखकले सत्य प्राप्तीका लागि प्राचिनकालदेखि नै भगवती गौराको पुजा गरेर गौरा पर्व मनाईने उनले बताए । शिव तथा सत्य प्राप्तीका लागि व्रत बसेर दुग्गधागो लगाएर मन्त्रद्वारा गौराको पुजन गरिने आचार्य लेखकले बताए ।
हिन्दुनारीले वेदसम्म पढ्ने पाउने गौराकै कारण भएको उनले बताए । आचार्य लेखकले सन्तान र संस्कारका लागि गौरा पर्वको महिमा रहेको बताए । पुर्व शिक्षिका एव गौराका उपासक महिला नारा जोशीले गौरालाई आर्थिक, समाजिक, संस्कार संस्कृतिको पर्व भएको बताए । गौरामा सृती परम्परामा आधारित फाग, सगुन, अठ्वाली महिलाले गाउँने गरेको उनले बताए । गौराको एतिहास कुमाउ गड्वालमा लिखितलिपीबद्ध भएपनि नेपालमा अहिले शुरुवात भएको बताए ।
गौरा परम्परा जोगाउनका लागि महिला सम्वाहक भएको र केहीले गौरालाई रुढिवादी भनेपनि गौराले अथाह महत्व रहेको उनले बताए । चार दिनसम्म महिलाले व्रत बसेर मनाईने पर्व महिलामा आधारित भएको उनले पुष्टी गरे । वेद,मन्त्र ऋणवेद सबै महिलाले पढ्ने र बिरुडालाई अन्यमाथी पुजन गरेर चीरकालिन बाँच्नका लागि आर्शिवाद दिने महिला भएको बताए । परिवारमा शान्ति, सुरक्षा, सम्बृद्धिका लागि गौरा महत्वपुर्ण भएको उनको भनाई छ । गौरामा देउडा खेलका साथै परम्परागत पञ्चेबाजामा छलो खेल्ने चलन छ ।
जसका कारण लोक संस्कृतिको संरक्षणको प्रतिकका रुपमा गौरालाई लिईन्छ । गौराको मौका छोपी देउडा धुमधामका साथ देउडा खेलिन्छ ।गौरा शुरुवातसंगै कञ्चनपुरका विभिन्न गाँउबस्तीहरुमा देउडा खेल एव प्रतियोगिता नै गरेर मनाईन्छ । बेदकोट नगरपालिका ६मुसेपानीको गणेश सामुदायिक वनले पनि देउडा प्रतियोगिता राखेको छ । गणेश सामुदायिक वनका अध्यक्ष कृष्ण भण्डारीले संस्कृति सरक्षणका लागि देउडा प्रतियोगिता राखेको बताए ।
महेन्द्रनगर खुला मञ्चमा गौरा महोत्सव यस बर्ष ०८२ गौरा पर्वको अवसरमा महाकाली साहित्य संगमले गौरा महोत्सव आयोजना गरेको छ । महेन्द्रनगर खुला मञ्चमा गौरा महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री लोक संस्कृति सरक्षण गर्नुपर्नेमा जोडदिएका छन । ‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ ।
त्यसैले सांस्कृतिक सम्पदा जोगाउँदै गौरव बढाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गौरा पर्वले परापुर्वकालमा पनि महिलाहरुको शसक्तिकरपणका लागि पार्वतीले आवाज बुलन्द गरेको कुरा पुनतार्जकि गर्ने गर्दछ ।’ रावलले सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति अझै घरभित्र मात्र सीमित रहेको उल्लेख गर्दै यसलाई समाजमा सकारात्मक रुपमा प्रस्तुत गर्नुपर्ने बताए । गौरा दिदीबहिनी भेट्ने र एकता मिलनलाई पर्वका रुपमा मनाउने परम्परा हाम्रो गौरव रहेको बताउँदै मौलिकता सरक्षण गर्न नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए ।
महाकाली साहित्य संगमका अध्यक्ष हरिस प्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए । अध्यक्ष जोशीका अनुसार २१ भदौँसम्म संचालन हुने महोत्सवमा गौरा महोत्सवमा लोक परम्परागत ठाडो खेल भारी खेल, दुस्को, धमारी, चाल्ली, औल्याखेल भागलिङ्गा, महिला÷पुरुष देउडा, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन ।
सुप प्रदेश कैलाली, कञ्चनपुरमा महाकाली साहित्य सगमसंगै बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगरका विभिन्न गाँउबस्ती मठ मन्दिर सहित गाँउ गाँउहरुमा गौराको रौनक छाएको छ ।

