बेलडाँडी, कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी रास्वपा पार्टी प्रवेश गर्नेहरूकाे लर्काे लाग्न लाथेसंगै पार्टी प्रती क्रेेज बढन थालेकाे छ ।
आइतबार बेलडाँडी गाउँपालिका वडा नम्बर-२ बस्ने सेवा निवृत्त कृषि अधिकृत धन बहादुर खडका सहित चार जनाकाे टिम रास्वापा पार्टी प्रवेश गरेका छन् । उनी यस अघि एमाले निकट हुन ।
२०४० साल देखि नेपाल सरकारकाे निजामति सेवामा काम गरि कृषि अधिकृत पदमा सेवा गरी बेलडाँडी गाउँपालिकाबाट सेवा निवृत्त भएका थिए ।यस्तै अन्य रास्वपा पार्टी प्रवेश गर्नेमा मिठ्ठु ओली, लाल सिंह कार्कि र लाेकेद्र विष्ट समेतले हार्दिक पार्टीमा आउनु भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी गाउँपालिका सभापति तेज सिंह धामिले बताउनु भयाे ।
ओली र कार्कि नेपाली सेना र नेपाल प्रहरीबाट सेवा निवृत्त हुन । भने अन्य विष्ट व्यवसायि हुन ।प्रार्टी प्रवेश गराउने कार्यक्रम अनुरूप प्रत्येक दिन जसाे थुप्रैकाे संख्यामा हामिले विभिन्न पार्टी परित्याग गरि आउनु गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका बेलडाँडी सभापति तेज सिंह धामिले बताउनु भयाे ।
उनले भने “हामिले पछिल्लो समय बेलडाँडीमा एक हजार जनालाई पार्टीकाे सकृियता सदस्यता दिएका छाै, सदस्यता माग्नेकाे संख्या १५ सय रहेपनि हामी निरन्तर रूपमा पार्टी सदस्यता वितरण गरिरहेकाे बताए ।”हामिले हरेक दिन जसाे पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्ने गरेकाे रास्वपा बेलडाँडी सभापति धामिले बताए ।

