आइत, असार ७, २०८३

ढकिया बनाउने कच्चा पदार्थको अभावले पेसा संकटमा


 कल्पना साउद,कञ्चनपुर । थारु समुदायको पहिचानसँग जोडीएकोे “ढकिया” बनाउने पेसा कच्चा पदार्थको अभावले संकटमा परेको छ । थारु समुदायको कला र पहिचानसंग जोडिएको ढकिया बनाउने काम विगतको वर्षमा धेरैले सो काम गर्दै आएता पनि अहिले हराउन लागेको छ । 

पछिल्लो समयमा संरक्षणको अभाव तथा ढकिया बनाउने वन जंगलमा पाइने बाँस,काँस र मुज घाँस कच्चा पदार्थको उपलब्ध नहँुदा ढकिया पेसा संकटमा पर्न गएको हो । ढकिया बनाउने सिप भएता पनि उक्त सिपमा मिहिनेतका साथ आँखा तिखारेर काम गरेता पनि उक्त पेसा कच्चा पदार्थको अभावका कारण पेसालाई  निरन्तरता दिन नसकेको  कञ्चनपुर भीमदत्त नगरपालिका वडा न. १४ वनकट्टि की ३५ वर्षीया वसन्ती रानाले बताईन् ।

उनले भनिन्, सिप छ काम छैन । मेहनत धेरै गर्नुपर्छ, काम अनुसारको आम्दानी हुँदैन, सिप अनुसारको पेसालाई अंगाल्ने काम गरौं भने पनि ढकिया बनाउने कच्चा पदार्थ नै पाईदैनन् त्यसैले गर्दा धेरै दुख गर्नु पर्ने भएकाले यस पेसामा नयाँ पुस्ताले चासो नै दिदैनन् । जसले गर्दा हाम्रो पुर्खौली पेसा संकटमा पर्न थालेको छ, यसको संरक्षणमा सरकारको ध्यान दिए हुने थियो ।’ 

ढकिया बनाउनको लागीे वनमा पाइने बाँस,काँस,मुज घाँस लगाएतका कच्चा पदार्थको उपयोग हुन्छ । उनका अनुसार पछिल्लो समयमा त्यस्ता घाँस सामाग्री समयमै उपलब्ध हुन सकेको छैन्। काममा त दुख छदैछ । अझ उपयुक्त कच्चा पदार्थको अभाव छ । सामाग्री उपलब्ध गर्न आरक्ष जंगल भित्र पस्नै दिदैनन्, घाँस,काँसको सिजन जेठ,असारमा उत्पादन हुन्छ त्यति बेला जंगल खुल्दैन्, वर्षमा ३ दिन पुस महिनामा जंगलको पुर्जी खुल्छ त्यो समयममा मुज घाँस,कास नस्ट भैसकेको हुन्छ, अरु बेला सिजनमा लुकि छुपि घाँस काट्न जानु पर्छ, जंगलि जनावरको डरत्रास बढि हुन्छ ।’ 

 राना उक्त पेसामा बिगत १० वर्ष देखि उद्यम पेसाको रुपमा गर्दै आएकी छिन् । जसलाई ४/५ महिला मिलेर ढकिया बनाउने काम गरेको बताइन् उनले कच्चा पदार्थ भए ढकिया एकै दिनमा एक ढकिया बनाउन सक्ने, बनाएको ढकिया माग अनुसार बजार,गाउँघर, विवाह, व्रतवन्ध, कार्यालयमा माग आउने गर्छ, जसलाई आफुले माग अनुसारको पुर्ति गर्न नसकेको समेत बताएकी छिन् । 

उनले भनिन्, ‘२०७४ को नवनिर्वाचित जनप्रतिनिधिले उक्त क्षेत्रमा रहेको कृषक समुहमा रहेका महिलालाई ७ दिनको ढकिया तालिम लगायत विभिन्न कृर्षि मुलक तालिम प्रदान गरेको थियो । जसले गर्दा यहाँका अधिकांश महिला आत्मनिर्भर भएर उद्यम, कृषि पेसामा आवद्ध रहेका छन् । तर अहिलेको नयाँ जनप्रतिनिधिले आफुलाइ चासो नदिएको बताएकिछन् । उनले, ढकियाको आकार अनुसार एक ढकियालाई ३ हजार देखि ५ हजार सम्म बिक्री गर्ने गरेको जसमा बार्षिक ४/५ लाख आम्दानी हुने बताइन् ।

 यसरी उक्त पेसालाई जोगाइराख्न जंगलमा पाइने उत्पादन भएको घाँस कच्चा पदार्थ समयमै उपलबध गराउन सके भने नयाँ पुस्तालाई सिप मुलक तालिम दिए, नयाँ पिडिले पनि उक्त पेसालाई अंगालेर स्वदेशमै आयआर्जन गर्ने र थारु  समुदायको कला, साहित्य  र सांस्कृतिको  प्रतिकका रुपका रहेको ढकियालाई व्यावसायिक स्वरुप दिनुपर्नेमा थारु अगुवाहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply