कञ्चनपुर, साउन १६ कुटपिट मुद्दामा फरार कञ्चनपुरका तीन अभियुक्त पक्राउ परेका छन ।
जिल्लाको कृष्णपुर नगरका २ र लालझाडी १ अभियुक्त पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले कुटपिट मुद्दामा अदालतबाट दोषि ठहर भएका लालझाडी गाँउपालिका ५बैजनाथ टोलका दल बहादुर विष्ट, कृष्णपुर नगरपालिका ३कटानका भान बहादुर विष्ट र मुकेश मल्ल पक्राउ परेको बताए ।
४७ बर्षिया भान बहादुर विष्ट, ३२ बर्षिया मुकेश मल्ल र ६५ बर्षिया दल बहादुर विष्टलाई अदालतले एक÷एक महिना कैद र तीन÷तीन हजार जरिवाना तोकिएको थियो ।
उनीहरु तीनै जनाले कैद र जरिवाना भुक्तान नगरेपछि पक्राउ गरेर अदालत पेश गरेको प्रहरीले जनाएकोछ ।

