कञ्चनपुर, २९ मंसिर गैडा स्थानान्तरणले जैविक विविधता सरक्षणमा टेवा पुगेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उपप्राध्यापक डा. बलराम अवस्थी नेतृत्वको टोलीले एक सिङ्गे गैडामा गरेको अध्ययनले गैडा स्थानान्तरणले जैविक विविधतामा टेवा पुगेको जनाएको हो ।
उपप्राध्यापक डा. बलराम अवस्थी नेतृत्वको टोलीले सन् ०२० देखि ०२२ सम्मको अवधिमा गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको जनाएको छ । शुक्लाफाँटा र चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको बासस्थानमा क्यामेरा ट्यापिङलगायतका विधिबाट अध्ययन गरिएको थियो । अध्ययनका क्रममा अन्य स्तनधारी जनावर र पन्छीहरूले गैंडाको गोबर र यसमा उम्रिएका वनस्पतिलाई आहारा बनाउने गरेको पाइएको छ ।
एक ठाँउबाट अर्को ठाँउमा गैंडा पुनःस्थापनाले गैंडाको संख्या बढाउन सहयोग पुग्ने मात्र होइन, अन्य जनावरको आहारा र पारिस्थितिक प्रणालीमा पनि लाभ पु¥याएको जनाएको छ । त्रिवि सिद्धनाथ विज्ञान क्याम्पसका उपप्राध्यापक अवस्थीले गैडा स्थानान्तरणले जैविक विविधतामा टेवा पुगिरहेको बताए । ‘नयाँ र चाखलाग्दो कुरा के हो भने गैंडाको गोबर अरु स्तनधारी जनावरले खान्छन् भन्ने अहिलेसम्म पत्ता लागेको थिएन, ‘उनले भने, ‘मेरो अध्ययनले चाहिँ अरु जंगली जनावरले सीधै गैंडाको गोबर खान्छन् भन्ने पत्ता लागेको छ ।’ २४ बर्षको अवधिमा दुई पटक शुक्लाफाँटामा चितनवन राष्ट्रिय निकुञ्जबाट गैडा स्थानान्तर गरिएका थिए । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटामा सन २००० तिर ४ र ०१७ मा पनि चितवनबाटै थप ५ गैंडा स्थानान्तरण गरिएका थिए ।
अन्यन्त्रबाट शुक्लाफाँटामा स्थानान्तर गरिएका गैडाले शुक्लाफाँटामा थप जैविक विविधतमा टेवा पुगेको जनाईएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत मनोज ऐरले दुई पटक शुक्लाफाँटानमा गैडा स्थानान्तरणसगै पारिस्थितिक प्रणालीमा समेत सुधार भईरहेको बताए ।
‘विगतमा शुक्लाफाँटामा गैडा नै छैन भन्ने थियो, तर हामीले अध्ययन गर्दै गयौँ, सन १९९९ तिर रानीताल क्षेत्रमा एक गैडा भेटियो, ‘उनले भने, ‘हामीले उसको साहराका लागि उतिबेला चितवनबाट ४ गैडा ल्याएका आयौँ, अहिले गैडाले बच्चा पनि जन्माएको छ ।’ शुक्लाफाँटा गैडाका लागि बासस्थान समेत उपयुक्त भएको बताँउदै घाँसे मैदान, सिमसारदेखिका अन्य बन्यजन्तु, चराचुरुङ्गीको वानस्थान समेत व्यवस्थापन गरिदिएको छ ।’ निकुञ्जको चौधर नदी क्षेत्रमा गैडाका लागि उपयुक्त बासबस्थान भएको उनले बताए ।
निकुञ्जमा बासस्थान राम्रो भएकै कारण गैडाको संख्या समेत बृद्धि भईरहेको उनले बताए । अन्यत्रबाट गैडा स्थानान्तरण, आहारा र चोरी शिकारी पुर्ण नियन्त्रण हुँदा बाघको संख्या बृद्धि भएको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तेब्बर बढिले गैडाको संख्या बृद्धि भएको छ । निकुञ्जमा झण्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैडाको बृद्धि भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा १५ बर्ष अघिको तुलनामा अहिले तेब्बर बढीले गैडाको संख्या पुगेको छ । ००८ मा २ पोथि, १ भाले र २ को पहिचान नभएका गरी ५ मात्रै रहेको गैडाको संख्या ०२४ मा आईपुग्दा बढेर ६ थाले, १० पोथि र ७ पहिचान नभएको गरेर २३ पुगेको छ । निकुञ्जको तथ्याङ्क अनुसार ००८ मा ५, ०१३ मा २ थाले, २ पोथि र ३लिङ्ग पहिचान नभएको गरेर ७, ०१५ मा १ थाले, ३ पोथि, ४ पहिचान नभएको गरेर ८, ०१८ मा ४ थाले, ९ पोथि र ४ पहिचान नभएको गरेर १७, ०२१मा ३थाले, ४पोथि, ५पहिचान नभएको गरेर १७, ०२२ मा ४ थाले, ७पोथि र ९ पहिचान नभएको गरेर २० र ०२४ मा ६ भाले, १० पोथि, ७ पहिचान नभएको गरेर २३ पुगेको हो । अन्तिम बर्ष ५ फागुनदेखि २२ सम्म ०८० मा पहिचानमा आधारित एकसिङ्गे गैडाको गणना गरिएको थियो ।
बाघको जस्तै गैडाको पनि फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट गणना गरिएको थियो । गौडाको बासस्थान क्षेत्रमा ब्लकमा प्रत्येक एक÷एक सय मिटरको दुरीमा भौगोलिक सूचना प्रणाली जिपिएस, रिसिभर, यूनिट, दुरबिन, वाकीटाकी, एन्रोईड, मोबाईल फोन, क्यामेरा लगायतका आधुनिक उपकरणहरु सहित प्राविधिक हात्तिमा बसेर स्वीप गर्दै प्रत्यक्ष गणना विधिबाट गैडा गणना गरिएको थियो ।
शुक्लाफाँटा निकुञ्ज सरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ । सेनाले निकुञ्जमा नियमित गस्तीदेखि चोरी, शिकारी एव तस्करीमा सुन्य सहनशिलता नीति अपनाएले काम गरिरहेको छ । यसरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैडाको संख्या बृद्धि हुन थालेपछि सरक्षणकर्मी समेत हर्षित भएका छन ।
सरक्षणकर्मी एव सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले बाघको संख्या बृद्धिसंगै गैडाको संख्या बृद्धिले समग्र जैविक विविधता क्षेत्रमा सुधार आएको बताए । सरक्षणकर्मी जोशीले लालझाडी जैविक मार्ग क्षेत्रमा सुधारले पनि शुक्लाफाँटा निकुञ्जमा बाघसंगै गैडाकोको मुभमेन्ट बृद्धिमा मदन पुगेको बताए । विस ०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाँटा विस ०३२ मा वन्यजन्तु आरक्ष र ०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो ।
शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । ब्राहसिङ्गको झुण्ड समेत रहेको निकुञ्जमा पछिल्ला बर्षहरुमा ठुला बन्यजन्तुको संख्या बृद्धिले कतै मानव बन्यजन्तुविचद्वन्द्व बढ्ने तर्फ समेत चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा गैडाको संख्या बृद्धिसंगै सरक्षण गर्नुपर्ने सरक्षणकर्मीको जोडदिएका छन ।

