कञ्चनपुर, असाेज १६ हिन्दुहरुको महान चाड विजयादशमी ०८१ को अवसरमा भीमदत्त नगरपालिका वडा नं.१३ स्थित निवास रामानुज घाट तथा महाकाली मन्दिरमा घटस्थापना देखि सप्तमीसम्म दुर्गा सप्तमी महायज्ञ लाग्ने भएको छ ।मन्दिर समितिको आयोजनामा बिजया दशमीको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा महायज्ञ महायज्ञ शुभारम्भ गरिने छ । महाकाली नदीमा गंगा स्थान गरि सो मन्दिरमा पुजा गरेमा मनोकामना पुर्ण हुने बिश्वास रहि आएको छ । मन्दिर समिति अध्यक्ष श्याम बहादुर थापाले धार्मिक मुल्य मान्यता को जगेर्नाका साथै श्री निवास रामानुज घाटलाई धार्मिक पर्यटन प्रवर्द्धनसंग जोड्न महायज्ञको आयोजना गरिएको बताए ।युवा समाजसेवी महेश भट्ट का अनुसार पछिल्लो समय युवा विद्यार्थीहरुमा लागूऔषदजन्य दुर्ब्यवसनको भयावह स्थिति रोक्न र समाजमा अपराधिक गतिविधि न्यूनीकरण गर्दै आदर्श समाज निर्माण गर्न महायज्ञ जस्तो पवित्र कार्यमा जोड दिनुपर्ने देखिएको छ ।महायज्ञ आर्थिक समिति संयोजक समेत रहेकी महिला नेतृ कान्ति सिंह ले भने, डिपिआर अनुसार आगामी दिनमा निर्माण कार्य सम्पन्न गर्न विभिन्न तहका सरकार र दाता महानुभावहरुको सहयोग रहनेमा बिश्वस्त छौं ।१३न. का वडाध्यक्ष राम बहादुर बोहरा का अनुसार एसियाकै दोस्रो लामो झोलुङ्गेपुल संग जोडिएको सो क्षेत्रलाई धार्मिक तिर्थस्थल का रूपमा समेत अगाडि बढाउन गुरुयोजना(डिपिआर) तयार गरि माथिल्लो तहका सरकार समक्ष पेस गरिसकेको छ । महायज्ञ अवधीभर सप्तसमी पाठ,भजन कृतन,कथा वाचन र गंगा आरति लगायत को कार्यक्रम रहनेछ ।

