कञ्चनपुर ।कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका वाढीपीडितलाई राहत वितरण गरिएको छ । कृष्णपुर नगरपालिकाले यूएईएडको सहकार्यमा वाढीपीडितलाई राहत वितरण गरेको हो । बुधबार एक कार्यक्रम गर्दै नगरपालिकाले वडा नं। १,२,३ का वाढीपीडितलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ। नगरपालिका स्थित कृष्णपुर स्वास्थ्य चौकी प्राङ्गणमा २ सय २२ परिवारलाई राहत सहयोग गरेको छ। कृष्णपुरका नगर प्रमुख हेम राज ओझा, उप नगर प्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिका का विपद फोकल पर्सन प्रेम बहादुर बोगटी लगायतको उपस्थितिमा बाढी पिडित परिवारलाई राहत सहयोग गरिएको छ। नगरपालिकाका बाढीपिडित जनताका लागि थोरै भएपनी सहयोग पुग्ने भएकाले ग्ब्भ् ब्क्ष्म् को विशेष सहयोगमा राहत सामाग्री वितरण गरिएको नगर प्रमुख हेम राज ओझाले बताए । राहत वितरण गर्न बाकी रहेका वडाहरुका बाढी पिडित जनतालाई संबंधित वडा कार्यालयमै राहत सामाग्री पुर्याएर वडा मार्फत सहयोग गर्ने समेत नगर प्रमुख ओझाले बताएका छन । खाद्यान्न राहत सामाग्री पाएकोमा बाढी पिडित नगरबासी जनता हर्षित भएका छन ।

