महेन्द्रनगर । कञ्चनपुरमा जुवातास खेलि रहेका १६ जना नगद सहित पक्राउ परेका छन् ।
कृष्णपुर नगरपालिका–२ स्याउले बस्ने ४४ वर्षीय टेक बहादुर साउँदको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जुवातास भईरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट वाणी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद भारतीय रुपैयाँ २७ हजार ५ सय, नेपाली रुपैयाँ ३२ हजार ७८० र मोवाईल थान ११ सहित पक्राउ गरेको छ।
यस सम्बन्धमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

