आइत, असार ७, २०८३

ओली र देउवाबिच बालुवाटारमा छलफल


 सत्ता गठबन्धनमा फेरबदलको चर्चाकाबिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । शनिबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। 

सो  भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।  दुवै नेताले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको मन्त्री पौडेलले जानकारी दिए

सम्बन्धित समाचार

Leave a Reply