बिहि, साउन २१, २०८३

दोधाराचाँदनी अस्पतालमा कमिसनको लफडा ! अनियतता बिरुद्ध सासद महताको एक्सन


खडक रावल कञ्चनपुर, २०साउन कञ्चनपुरको पश्चिम भूगोल क्षेत्रमा रहेको दोधाराचाँदनी नगर अस्पतालमा लफडा मच्चिएको छ । महाकाली पारी दोधाराचाँदनी नगरपालिकामा रहेको नगर अस्पतालमा तत्तकालिन निमित्त मेसु डा. हरिओम केसरी र स्टोर प्रमुख अर्जुन लाबडविच आरोप प्रत्यारोप चलेको छ ।

गत आर्थिक बर्ष ०८२÷०८३ मा औषधी सहितका अस्पतालमा आवश्यक स्वास्थ्य समाग्री खरिद, भत्ता भुक्तानीको विषयलाई लिएर तत्तकालिन कार्यालय प्रमुख समेत रहेका डा. केसरी र जनस्वास्थ्य निरीक्षक समेत रहेका स्टोर प्रमुख लाबडविच एक अर्का बिरुद्धमा आरोप प्रत्यारोप चलिरहेको हो ।

गत आर्थिक बर्षमै अस्पतालबाट विदा भएका डा. केसरीले सार्वजनिक सम्पत्ती व्यवस्थापन प्रणाली(पाम्स)मा आफ्नो युजरनेम र पार्सपोट दुरुपयोग गरेर स्टोर प्रमुख लाबडले अनाधिकृत रुपमा औषधीदेखिका कार्यालयका आवश्यक समाग्री खरिद गरेर दुरुपयोग गरेको भन्दै हेलो सरकार सहितका निकायमा उजुरी दिएका थिए ।

नेम्स स्वास्थ्य संस्था कार्यक्रम मार्फत पछिल्लो १६ महिनादेखि तत्तकालिन दोधारा प्राथमिक स्वास्थ्य केन्द्र हाल, (दोधाराचाँदनी नगर अस्पतालमा) कार्यरत डा. केसरीले स्टोर प्रमुख लाबडले आफु कार्यालयमा अनुपस्थिति भएको मौका छोपेर अनुमती बिनै पार्सपोट दुरुपयोग गरेर अनाधिकृत रुपमा औषधी सहितमा स्वास्थ्य समाग्री खरिद गरेर अनियमता गरेको आरोप लगाएका छन ।

‘अस्पतालमा माग भएको औषधी एव स्वास्थ्य समाग्री खरिद आदेश हुने, अनि मेरो अनुमती बिनै आफैले स्वीकृत गरिदिने गरेका रहेछन, ‘उनले भने, ‘स्टोर प्रमुख लाबडले यसरी अस्पतालमा बदमासी मच्चाएको मलाई स्वीकार्य भएन ।’ हिसाब किताबमा समेत अहिले पनि गडबढी भएकाले अझै मिलान हुन नसकेको उनले बताए ।

डा. केसरीले आफ्नो अनुमती बिनै स्टोर प्रमुख लाबडले गरेका गैर कानूनी गतिबिधीले आफु हैरान भएको बताउँदै दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उता स्टोर प्रमुख अर्जुन लाबडले आफुले मेसु हरिओम केसरीको पाम्पमा युजर नेम र पार्सपोट दुरुपयोग नगरेको दावि गरेका छन । स्टोर प्रमुख लाबडले सहमतीमै तत्तकालिन मेसु केसरीको पासपोट प्रयोग गरेर अस्पतालको कामकाज गरेको बताए ।

‘उहाँ डाक्टर सापले नै मलाई अनुमती दिएर पाम्पसको प्रयोग गरेको थिए, नभए उहाँ र मविच ह्वाट्सअफमा भएको कुराकानी हेरे हुन्छ, ‘डा. केसरीले आफ्नो मात्रै १६लाख रुपैया भत्ता प्रस्ताव राखेपछि हामीले तपाई एक्लैको कसरी पुरै रकम भुक्तानी गर्ने भनेपनि उहाँ म देखेर रिसाएका हुन ।’ संस्थाबाट अस्पतालमा आएका डा. केसरीको गत आर्थिक बर्षमै जागिर गएपछि आफु बिरुद्धमा अनेकन फण्डामा लागेको स्टोर प्रमुख लाबडको दावि छ ।

‘डाक्टर केसरी पछिल्लो २ महिना ९ दिन मात्रै कार्यालय प्रमुख भएर काम गरेका हुन, त्यस अघि कार्यालय पमुख डा. जिवनकिशन स्नेही थिए, उहाँहरु दुईविच के के विषयमा वाद विवाद थियो, कुराकानी मिलेन मलाई थाहा भएन, उहाँहरुको विवाद मेरो टाउकोमा हाल्ने काम भयो, यति छोटो समयमा काम गरेको १६ लाख भत्ता देउ भनेपछि मैले अस्पतालमा आन्तरिक आम्दानी छैन, सबै स्वास्थ्यकर्मी, कर्मचारीले अतिरिक्त काम गरेको पनि दिनुपर्छ भनेपछि केसरी मसंग चिढिएका मात्रै हुन ।

दोधारा नगर अस्पतालका नासु समेत रहेका लेखा हेर्दै आएका राजु गुरुङ्गले तत्तकालिन मेसुलाई ८÷९लाख भुक्तानी भएको र स्टोरबाट औषधीदेखिका समाग्री खरिदका फाईल आफुकहाँ नआएको बताउँदै कति भुक्तानी बारे एकीन नभएको बताए ।

दोधाराचाँदनी स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले अस्पतालमा वाद विवाद उत्पन्न भएपछि जिन्सी तर्फ २५लाख र औषधी खरिद तर्फ ५०÷६०लाख भुक्तानी हुन बाँकी रहेको बताए । उनले अस्पताल स्वयत्त संस्थाकै रुपमा संचालन भएकाले कर्मचारीहरुविचको आन्तरिक कुन कुन विषयमा वाद विवाद भएको बारे आफुलाई एकिन नभएको बताए ।

केही दिन अघि कञ्चनपुर क्षेत्र ३बाट निर्वाचित प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले समाजिक सञ्जाल फेसबुक मार्फतै सरकारी अस्पतालका मेसुको पाम्स दुरुपयोग गरी स्टोर प्रमुखले मेसुबाट प्रमाणित नै नगराई औषधी दरिद गरी आर्थिक अनियमितता गरेको भनेर गुनासो प्राप्त भएको भन्दै विषय सार्वजनिक गरिदिएका थिए । साथै सासद महताले यस विषयमा आवश्यक छानबिन गर्न सम्बन्धीत निकायलाई पठाएको समेत जनाएका थिए । सासदको उक्त स्टाटसमा विभिन्न क्षेत्रका नागरिकहरुले कमेन्ट गर्दै सरकारी सम्पत्ती दोहन गर्ने घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका थिए ।

दोधाराचाँदनी अस्पतालमा तत्तकालिन कार्यालय प्रमुख केसरी र स्टोर प्रमुख लाबडविच समाग्री खरिद गरेर विभिन्न फर्म कम्पनीहरुलाई भुक्तानी गर्ने अनि त्यहाँबाट आउने कमिसन बाडफाँडमा कुरा नमिलेपछि एक अर्का बिरुद्धमा आरोप प्रत्यारोपमा उत्रिएको समेत अस्पताल क्षेत्रकै स्वास्थ्यर्मीहरुले अथ्याईरहेका छन । दोधाराचाँदनी नगरका प्रमुख किशोर कुमार लिम्बुले अस्पतालमा भएको लफडा अनियमितता छानबिन बारे समिति गठन गरिएको बताए ।

उतिबेला मेसुले स्टोर प्रमुखलाई आफ्नो पार्सपोट किन के स्र्वाथमा प्रयोग गर्न दियो, ‘उनले भने, ‘स्टोर प्रमुखले पनि किन गरे यो सबै विषय बारे अध्ययनका लागि उपसचिव गणेशदत्त मिश्रको संयोजकत्वमा छानबिन समिति बनाउन निर्देशन दिएको छु, उक्त समितिले १०दिनभित्रै अध्ययन गरेर प्रतिवेदन पेश गर्छ, सोही अनुरुप पालिका एक्सनमा उत्रिन्छ ।’

सम्बन्धित समाचार