बिहि, जेष्ठ २१, २०८३

बेलडाँडीमा अन्नते मेलाको अवसरमा देउडा प्रतियोगीता हुने


बेलडाँडी,कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीको कालिका मन्दिरमा अन्नते मेलाको अवसरमा देउडा प्रतियोगीता हुने भएको छ । 

बेलडाँडी गाउँपालिका वडा नं २ रौलेश्वर माध्यामिक विद्यालय नजिकै रहेको कालिका मन्दिरमा असोज २,३,४ गतेसम्म अन्नते मेला हुने भएको छ ।

भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई बाजुरेली समुदायले विशेष महत्वका साथ मनाउने भएकाले उक्त दिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने कार्यक्तम पनि राखेको छ ।

महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा छ ।

अनन्ते मेला जगेर्ना गर्न र भब्यका मनाउन स्थानिय बासिन्दाहरूले पैसा संकलन गरी देउडा खेल्ने खेलाडीलाई पुरस्कार समेतको व्यवस्था गरिएको कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडवालले  बताएका छन्। उनका अनुसार भाद्र २ गते देखि शुरु भएको मेला ४ गते समापन हुने बताए ।

संस्कृति जर्गेनाका लागि यो मेला कालिका मन्दिर व्यावस्थापन समितिले प्रत्येक बर्ष देउडा संस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकतामा राखेर आयोजना गर्ने गरेको छ  । महिला पुरुष एक अर्काबीच जीवन जगत्का सुख दुःखका कुरा, प्रेमका प्रसङ्गका कुरा देउडा गीतबाटै पोख्ने,मनोरञ्जन लिने गरिन्छ । तीन दिनसम्म लाग्ने यो मेलामा युवा, बूढापाखाले रातदिन देउडा खेल्ने गरेको यहाँका स्थानीयले बताउने गरेका छन् । 

सम्बन्धित समाचार

Leave a Reply