बिहि, जेष्ठ २१, २०८३

आचार्य दमाईद्वारा झर्नाखोला पीडित महरालाई उपचार सहयोग


महेन्द्रनगर । आचार्य कृष्ण दमाईले कञ्चनपुरका एक बिरामी युवकलाई आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले झर्नाखोला पीडित समेत रहेका बिरामी गगन सिह महरा(मुस्कान)लाई आर्थिक सहयोग गरेका हुन । बेलडाँडी गाँउपालिका १झर्नासागर टोलका वाढीपीडित, आरक्षपीडित एव बन्यजन्तु पीडित समेत रहेका महरा अहिले बिरामी भएका छन ।बिरामी भएपछि उपचारका लागि आर्थिक समस्यामा रहेका महरालाई आचार्य दमाईले आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले महरालाई ५ हजार १सय १रुपैया नगद आर्थिक सहयोग गरेका हुन । आचार्य कृष्ण दमाईले पुर्व कालाकार समेत रहेका, वाढीबन्यजन्तु एव आरक्षपीडित समेत रहेका महरालाई उपचारका लागि आर्थिक सहयोग गरेको बताए ।यस अघि पनि आचार्य दमाईले आफुले कखरा सिकेको बैजनाथ माविका विद्यार्थीलाई विद्यालय पोषाकदेखि शैक्षिक समाग्रं‌ो वितरण गरेका छन । आार्थिक संकटमा रहेका पुर्व कालाकार गगन सिह महरा(मुस्कान)ले आचार्यप्रति आभार प्रकट गरेका छन ।पुर्व कलाकार महराले कञ्चनपुरकी बजारको बजारमा कल्ली, बगिरहनु सर्दै सेती, लाईफको टेन्सन लगायतका गित निकालेका थिए । तर, आर्थिक रुपमा विपन्न भएका महरा पछिल्ला दिनमा भारतमा रोजगारी गर्दै आएका छन । उनी बिरामी भएपछि अहिले आर्थिक संकटमा छन । सहयोगका लागि दातासंग समेत आग्रह गरेका छन।

सम्बन्धित समाचार

Leave a Reply