कञ्चनपुर, भदौँ ३१ वनका कर्मचारी वन, बन्यजन्तु एव पर्यावरण सरक्षण होईन भ्रष्टाचारमा लिप्त भएका छन । भ्रष्टाचारमा लिप्त भएका वनका कर्मचारीमाथि अख्तियारले डण्डा बजाएको छ ।
डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। १५ हजार घुस रकमसहित पक्राउ परेका पौडेलविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १५ हजार बिगो कायम गरी मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। यसरी वनका कर्मचारी भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।

