आइत, अशोज ४, २०८३

पैशा नहुँदा बेलडाँडीकी माधवी ऐरी मृत्युको मुखमा सहयोगका लागि बालेन सरकारसंग आग्रह


बेलडाँडी, ३१ भदौँ ,उपचार गर्ने पैशा नहुँदा कञ्चनपुर बेलडाँडीकी एक विपन्न महिला मृत्युको मुखमा पुगेकी छिन । आर्थिक रुपमा विपन्न बेलडाँडी गाँउपालिका १ झर्नासागरकी माधवी ऐर मृत्युको मुखमा पुगेकी हुन । मुटु रोगबाट ग्रसित ऐरीको परिवार अत्यन्तै गरिबीबाट गुज्रीएको छ। उपचार गर्ने पैशा त्यस्तै हो, दैनिक खान लाउन समेत धौउधौउ भएको छ ।

कमाउने छोरा केही बर्ष अघि गुमाएकी माधवीका श्रीमान कर्ण बहादुर ऐर पनि किसान हुन । कमाउने घरमा कोही छैन । घरमा जेष्ठ नागरिकदेखि स–साना बालबालिका मात्रै छन । छातीमा एक्कसी समस्या आएपछि उनलाई घर परिवार एव आफन्तले स्थानीय अस्पतालमा पु¥याएको थियो ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि रिर्फर गर्दा गर्दै सञ्जिवनी हस्पिटल नेपालगन्जमा उपचारार्थ छिन । अस्पतालमा पुगेकी उनको शल्यकृयाका लागि लाखौँ रकम चाहिने भएपछि घर परिवारको त्यतीठुलो रकम जुटाउन धौउधौउ भएको छ ।

बिरामीका श्रीमान कर्ण बहादुर ऐरीले पैशा नहुँदा जिवनसंगिनी गुमाउनुपर्ने पीडा छ । उनी श्रीमतीको उपचारका लागि गाँउमा आफन्तसंग सहयोग मागिरहेका छन । आर्थिक रुपमा अन्यन्तै नाजुक ऐरी परिवारको उपचारका लागि सक्दो सहयोगका लागि अपिल गरेका छन ।

देशमा तीन सरकार छन, तर विपन्न गरिब नागरिक यसरी पैशा नहुँदा मृत्युबरण गर्नुपर्ने बाध्यता आएको छ । चुनाव अघि प्रधानमन्त्री बालेन शाहले पैशा नहुने विपन्न नागरिकको उपचार रास्वापाको एजेण्डा भएको विषयले यस्ता दुरदराज ग्रामिण भेगका विपन्नको उपचारमा केही छुन्छ वा छुदैन, त्यो भने हेर्न बाँकी छ ।

माधवी ऐरीको जिवन रक्षाका लागि घर परिवारदेखि आफन्त, गाँउलेहरुले बिरामीको उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईसंग हार्दिक अपिल गरेका छन ।

सम्बन्धित समाचार