आइत, अशोज ४, २०८३

सरकारले लोककल्याणकारी विज्ञापनका कटौती गरेपछी पत्रकार महासंघद्वारा प्रचण्डसंग सहयोगको अपिल


कञ्चनपुर । पुर्व प्रधानमन्त्री एव नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम कार्यविधि संशोधनका नाममा कटौती गरिएको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै छापा सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा तथा शाखाका सल्लाहकार एवं केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत टोलीमा सहभागी थिए ।

त्यस्तै, शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल, कल्पना खड्कालगायत वरिष्ठ पत्रकारहरूको पनि सहभागिता थियो ।कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।

पत्रमा छापा सञ्चारमाध्यमको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ ।महासंघले लोककल्याणकारी विज्ञापन छापा सञ्चारमाध्यमको आर्थिक स्थायित्वसँग जोडिएको विषय भएकाले रकम कटौती गर्ने निर्णयले यस क्षेत्रलाई थप समस्यामा पार्ने जनाएको छ ।

सरकारले उसैपनि नेपाली मिडिया धरासायी विस्थापित बनाउने काम गरिरहेका बेला झन लोककल्याणकारी विज्ञापन कटौतीले झन समस्यामा पारेको भन्दै पत्रकारहरुले पुर्व प्रधानमन्त्री एव नेकपा सयोजक सासद प्रचण्डलाई भेटेको सरकारले पत्रकारमाथि गरिरहेको अन्याय बिरुद्ध सहयोगको अपिल गरेका छन ।

सम्बन्धित समाचार