आइत, अशोज ४, २०८३

भ्रष्टाचारमा आकास छुदै नापीका कर्मचारी ः नापी अधिकृत ९लाख घुस सहित अख्तियारको फन्दामा


कञ्चनपुर, असोज २ जनताको काम भन्दा पनि उनीहरुका समान्य कमिकमजोरी पत्ता लगाएर घुस खान नापीका कर्मचारी बाहिर भएको यो समान्य घाम जस्दै छलङग भएको विषय नै हो ।

देशमा पछिल्लो राजनैतिक, समाजिक, आर्थिक एव समाजिक परिर्वतनसंगै पनि नापीका कर्मचारी नाङगो रुपमा भ्रष्टाचारमा लिप्त भएकै छन । नापी भन्सार सहितका अन्य मालदार अड्डा भन्दा नापी कर्मचारी घुस खान आकास नै छुन लागेका छन ।

यो आरोप हाईन सत्य हो । सरकारले सरकारी निकायदेखिका सार्वजनिक निकायमा हुने भ्रष्टाचार अन्यत्य गर्ने लक्ष्यलाई चुनौती दिएर नापीका कर्मचारी मोटो रकम घुसमा लिप्त भएका घटनाहरुले सरकारले यस्ता भ्रष्टाचार घुस्याहा कर्मचारी किन कार्बाही नगरेको विषयमा प्रशन उठन थालेकोछ ।

नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली नौ लाख घुससहित पक्राउ परेका छन्। नापी कार्यालयको ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनका लागि अनावश्यक सास्ती दिई घुस माग उजुरीपछि अख्तियारको टोली खटिएको थियो।

घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका– ५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट बुधबार पक्राउ परेका वलीलाई बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको अख्तियारले जनाएको छ। यसरी नापीका कर्मचारी भ्रष्टाचारमा लिप्त भएपछी जनता हैरान भएका छन ।

सम्बन्धित समाचार