बेलडाँडी । सरकारले देशभरका ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप प्रदान गर्ने तयारी गरेको छ । यसै क्रममा बेलडाँडी गाउँपालिकाले पनि आगामी मंगलबार माघ २७ गतेदेखि फाल्गुन १ गतेसम्म एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरविन्द कुमार शाहीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष पूरा गरेका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो । उहाँका अनुसार यसअघि अभियानका रूपमा सञ्चालन हुँदै आएको एचपीभी खोप अहिले नियमित खोप कार्यक्रममा समावेश गरिएको छ ।१० वर्ष पूरा भएका र कक्षा ६ मा अध्ययनरत सबै बालिकालाई एचपीभी खोप प्रदान गरिन्छ,” शाहीले भन्नुभयो । उहाँले विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप वितरण प्रक्रिया सहज र प्रभावकारी बनाइने जानकारी पनि दिनुभयो ।पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरूसँग आयोजित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्ष गम्भीर भएर लाग्न निर्देशन दिनुभयो ।उहाँले उमेर पुगेका र कक्षा ६ मा अध्ययनरत कुनै पनि बालिका खोपबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणहरूमध्ये पाठेघरको मुखको क्यान्सर एक हो । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमणका कारण यो क्यान्सर हुने गर्दछ । एचपीभी भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले यसको जोखिम उच्च मानिन्छ एचपीभीका २०० भन्दा बढी प्रकारमध्ये १२ प्रकार क्यान्सरका लागि जिम्मेवार हुन्छन् तीमध्ये। १६ र १८ प्रकारका भाइरसबाट करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् प्रत्येक। वर्ष नेपालमा करिब २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ, जसमध्ये १ हजार ३१३ महिलाको मृत्यु हुने गरेको छ पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट दुर्गन्धयुक्त पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी बन्द भइसकेपछि पनि रगत देखिने तथा यौन सम्पर्कपछि रगत देखिने जस्ता लक्षण देखा पर्छन् कलिलो। उमेरमा विवाह, कम उमेरमै सन्तान जन्माउने, धेरै सन्तान जन्माउने, असुरक्षित यौन सम्पर्क, धूमपान तथा मद्यपान, र यौनाङ्गको सरसफाइमा ध्यान नदिँदा एचपीभी संक्रमणको जोखिम बढ्ने गर्दछ ।एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर मात्र होइन, गुदद्वार, घाँटी तथा जननेन्द्रियसम्बन्धी क्यान्सरबाट पनि सुरक्षा प्रदान गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।कार्यक्रममा गाउँपालिकाभरिका विद्यालयका प्रधानाध्यापक, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

