शनि, जेष्ठ २३, २०८३

आधुनिक प्रविधिले ल्यायो पुर्ख्यौली आरन पेसामा ह्रास


oppo_0

महेन्द्रनगर/ ईशु नेगी । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का शिवराज टमाटा हँसिया, बन्चरो, दाउ बनाएर नै जिविकोपार्जन गर्दै आइरहेका छन् । विगत ४० वर्ष देखि आरनको काम गरेर नै टमाटा आफ्नो परिवारलाई धान्दै आइरहेका हुन् । २०३६ सालमा डडेल्धुराबाट बसाइँ सरेर कञ्चनपुरको महेन्द्रनगर बजारको पुरानो बसपार्क स्थित खोका छाप्रामा बसेर नै दुबै श्रीमान-श्रीमतीले आरन पेसा गरेर नै आफ्नो परिवारलाई धान्दै आइरहेका छन् ।

बजारको गल्ली र गाउँघरहरूमा गएर टमाटा दिनभरी आफुले बनाएका हँसिया, बन्चरो, हलो बिक्री गर्दै आइरहेका छन् । उनले भने, ‘विगतको समयमा आफुले गर्ने काम निकै फस्टाएको थियो भने, नयाँ प्रविधिको विकास भएसंगै अहिले आफुले गर्ने व्यापार व्यवसायले बजार पाउँन सकेको छैन् । ४० वर्ष पहिलेको समयमा जुम्ली, भोटेहरू आएर आफुले बनाएका सामाग्रीहरू निकै मात्रामा बिक्री गरेर लग्ने थिए तर, अहिले भोटेहरू समेत आउँन छोडेको टमाटाले बताए ।’

त्यसैगरी धौली देवी टमाटाले मासु काट्ने दाउ बढी मात्रामा बिक्रि हुने गरेको बताइन् । ‘पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले आरन पेसा लोप हुँदै गएको छ्, उनले भनिन्, ‘विगतमा हँसिया, कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको ४० वर्षदेखि उक्त पेसामा सक्रिय हुँदै आएकी टमाटाले बताएकी छन् ।’

शिवराज टमाटाका अनुसार पछिल्लो समयमा आधुनिक उपकरण सँगै भित्रिएको प्रविधिको कारणले गर्दा आरन पेशा संकटमा पर्दै गएको छ् । अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्रीहरू बजारमा सस्तो मूल्यमा पाउँन थालेका छन् । आफुले बुवाको पेसालाई अंगालेर ४० वर्ष देखि काम गर्दै आएता पनि अहिलेको परिवेशअनुरुप उक्त पेसाबाट उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले उक्त पेसालाई छाड्दै रोजगारीका लागि वैदेशिक यात्रामा जानेको गरेको टमाटाले बताएका छन् ।

त्यसैगरी धौली देवी टमाटाले दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको बताउँछिन् । ‘घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्, उनले भनिन्, ‘अहिले आरनमा बनाएका कोदालो, बन्चरोले आकार हेरेर ६ सय देखि ८ सय रुपैयाँसम्म मूल्य पाउँछन् । हसियाँ एक सय पचास देखि ३ सय रूपैयाँ सम्ममा मात्र बेचिने गरिन्छ भने, दिनरात काम गरेता पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठ्ने गर्छ, कसैको सहयोग समेत हुँदैन ।’

नयाँ पुस्ताले उक्त पेसालाई छोड्दै गएका कारण आरन हराउँदै गएको टमाटाहरूको भनाइ रहेको छ् । राज्यले अरू पेसा व्यवसायीलाई जस्तै उक्त पेसालाई समेत सहयोग र आवश्यक व्यवस्था मिलाइ दिएको भए जीवन पनि सुधार हुने उनिहरूले तर्क गरेका छन् । शिवराज टमाटाका अनुसार एक पाथी अन्नको भरमा वर्ष भरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम छ् । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भएता पनि आरन पेसामा भने परिवर्तन हुन सकेको छैन् । त्यसैगरी हँसिया, कोदालो, हलो निर्माणका लागि बजारदेखि १ सय ३० रुपैयाँमा ५ देखि १० किलो फलाम ल्याउने गरेका छौं भने, चाउमिन कम्पनीबाट ६ सय रुपैयाँ कट्टामा कोइला ल्याउने गरेको टमाटाले बताएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply