शनि, जेष्ठ २३, २०८३

रोडमा बेउरी बेचेरै जिविकोपार्जन गर्दै ७० वर्षिय वृद्धा


महेन्द्रनगर पूजा डगौरा । कञ्चनपुरको बसपार्क रोडमा ७० वर्षिय वृद्धा बेउरी बेचेरै आफ्नो जिविकोपार्जन चलाइरहेकी छिन् । महेन्द्रनगरको भीमदत्त नपरपालिका-२ मा बस्ने मानमति देवि जोशी महाकालीबाट बेउरी टिपेर रोडको किनारमा नै बसेर बेउरी बेच्दै आइरहेकी हुन् ।

बिगत लामो समयदेखि घर विहिन भएर बसेकी वृद्धाका आफ्ना सन्तान नभएपछि सौतेनी छोराले घरबाट गालिगलोज गरेर निकालेपछि उनि महेन्द्रनगरको पुरानो बसपार्क नजिकै रहेको एउटा बस्तिमा आस्रय लिएर बस्दै आइरहेको बताउँछिन् । उनि भन्छिन,”आफ्नो श्रीमानको मृत्यु भएपछि आफ्नो सौतेनी छोराले घरबाट निकालेर आफु महेन्द्रनगर बजारमा महाकालीबाट बेउरी टिपेर ल्याएर सडकको छेउमा बसेर प्रति एक गिलासको दश रुपैया बेच्ने गरी दिनको ३ देखि ४ सय रुपैयाँ जति दैनिक आम्दानि गर्ने गरेको उनले बताएकी छिन् ।”

त्यसैगरी हप्तामा दुइ पटक बसपार्कबाट महाकाली जाँदा अटोको १ सय रुपैयाँ भाँडा तिरेर महाकाली नदिको छेउछाउमाबाट बेउरी टिपेर ल्याएर बजारमा बेच्दै आइरहेको वृद्धा जोशीले बताएकी छिन् ।

सम्बन्धित समाचार

Leave a Reply