कञ्चनपुर, असोज २५ अन्नबाली उत्पादन बृद्धिका लागि रसायन मलको प्रयोगले माटोको उर्बराशक्ति ह्रासदेखि मानव स्वास्थ्यमा समस्या आउन थालेपछि कृषि विकास फर्मले कञ्चनपुरमा ‘जिवामृत’ प्राङगारिक (जैविक मल) प्रयोग गरिरहेको छ । बेदकोट नगरको सुन्दरपुरमा रहेको बाली विकास तथा कृर्षि जैविक विविधता सरक्षण केन्द्र कृषि विकास फर्मले ‘जिवामृत’ जैविक मल प्रयोग गरिरहेको हो । दुई अन्नबालीको सिजनदेखि जिवामृत जैविक मलको प्रयोग गरेको कृर्षि विकास फर्मले जनाएको छ । कृषि विकास फर्मका प्रमुख बासुदेव भट्टराईले बताए । उनका अनुसार गत गहुँ सिजनदेखि जिवामृत जैविक मल प्रयोगमा ल्याएको बताए । ‘गत बर्ष हामीले गहुँको सिजनदेखि अहिले धानखेतीमा यो जैविक मल प्रयोग गरेका छौँ, ‘उनले भने, ‘रसायनिक भन्दा जैविक मल अन्नबालीदेखि मानव स्वास्थ्यका लागि लाभदायक छ ।’ जिवामृत जैविक मल यसरी बनाईन्छ । ठुलो ड्रममा १० किलो गाईको गोबर, १० लिटर मुत्र मिलाउने, १ किलो गुर, १ किलो बेसिनको धुलो, गोबरमुत्रको परिमाण अनुरुप खेती नगरिएको खेतको माटो, १८० लिटर पानी हालेर एक सातासम्म घाम नकाल्ने ठाँउमा राख्ने, बिहान र साँझ मात्रै चलाउनुपर्ने हुन्छ ।त्यसपछि झोल पदार्थ पानीसंगै खेतमा बगाँउदा अन्नबालीमा लाग्ने रोगदेखि किरा नष्ट हुने, बालीका लागि आवश्यक तत्व पाईने हुन्छ । कृर्षि विकास फर्मका प्रमुख बासुदेव भट्टराईले गत बर्ष १२ कट्टा खेतमा गहुँ लगाउँदा झण्डै ७ क्विन्टल गहुँ उत्पादन भएको बताए । अहिले २४ कट्टामा धानखेती गरिएको छ । बिउबिउन उत्पादन गर्दै आएको उक्त कृर्षि विकास फर्मले अहिले ट्रायलका लागि सरक्षण केन्द्रमा प्रयोग गरेको भावि दिनमा किसानलाई समेत तालिम दिएर जैविक मल उत्पादन गर्दै रसायनिक मलको विस्थापन गराउने लक्ष्य रहेको बताए । घरमै पनि किसानले सहजै ‘जिवामृत’ जैविक मल प्रयोग उत्पादन गर्न सकिने भएकाले यसतर्फ आम किसानलाई स्थानीय सरकारले अग्रसर गराउनुपर्नेमा जोडदिईएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले अब माटोको उर्बराशक्ति बढाउन र मानव स्वास्थ्यका लागि रसायनसहित खाद्य बस्तुको उत्पादनका लागि ‘जिवामृत’ जैविक मल प्रयोग गर्नुपर्ने बताए । कृषि मन्त्री थापाले प्रदेश सरकारले जैविक मल उत्पादनका कार्यक्रम संचालन गर्ने बताए ।
कञ्चनपुरमा ‘जिवामृत’ जैविक मल प्रयोग जैविक मल प्रयोगका लागि किसानलाई प्राथमिकता राख्छौँ ः कृषिमन्त्री थापा

