आइत, असार ७, २०८३

स्ववियु चुनावले सुदूरपश्चिम विश्वविद्यालयमा कायापलट ल्याउँछ त?


कन्चनपुर

सुदूरपश्चिम बिश्वबिद्धालयको केन्द्रीय क्याम्पसको स्वबियु निर्वाचन भएर कायापलट हुन्छ, बिध्यार्थिका माग संबोधन हुन्छन , बिश्वबिध्यालयले खत्रै लय लिन्छ जस्तो लाग्दैन । आवरण र आबृती पूरानै भएपछी कुर्सिले फरक पार्दैन । बिश्वबिद्धालयको स्थापनाको लागि सबैले गरेको संघर्ष बराबर छ । त्यसपछी बिध्यार्थि संगठनहरुले बिश्वबिद्धालयको समग्र बिकासको लागि उचित प्रकारले एजेन्डा नै उठाउनै सकेनन । बिध्यार्थिहरुको हक हित , अधिकार र समग्र बिकासको लागि एक एक इटा बजाउन सक्नु पर्यो , यो भनेको फेरि इटा हान्ने भनेको होइन ससक्त एक एक एजेन्डा उठान गर्न सक्नु पर्थो अर्थात अस्तब्यस्त रहेको सुदुरपस्चिम बिश्वबिद्धालयको बिकासको लागि जवजस्त एजेन्डा उठान गर्न सक्नु पर्थो त्यो गर्न सकेनन् । हाली मुहाली भएका बिध्यार्थी संगठन र तिनमा लागेका केही ब्यक्तिहरु, ब्यक्तिगत, पार्टिगत स्वार्थ र अमुक पार्टिका केही प्राध्यापक नियन्त्रीत भए । स्वार्थै स्वार्थको राजनिती र ब्यक्तिगत फाइदाको पछि लागि रहे । कहिले आफन्त भर्ना , अहिले डिन नियुक्ती , कहिले उपकुलपती , कहिले रजिस्ट्रार नियुक्ती , कहिले सेवा आयोगको भागबन्डा , कहिले बिध्यार्थी भर्ना र छात्रवृत्ति भागबन्डा , कहिले शिक्षक भर्नामा भागबन्डा, कहिले केही कहिले केही यस्ता सानातिना कुरामा अल्झिए । त्यसमा प्राध्यापकहरुले बिध्यार्थी संगठन र तिनमा आवद्ध मान्छेलाइ प्रयोग गरिरहे । आज नजिकै रहेको धनगडिको सहिद दसरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिध्यालयको गेटाको संरचना हेर्नुस अनि सुदुरपस्चिम बिश्वबिद्धालयको संरचना हेर्नुस, आकास पालतको फरक छ । सुदुरपस्चिम बिश्वबिद्धालयमा बिध्यार्थीलाई पढन पुस्तक छैन । एक बिध्यार्थिले दुइ तिन अन्य बिश्वाबिध्यालयको पुस्तक पढ्नु परेको छ । प्राध्यापक हरु दिन भरी विश्वबिद्यालय भन्दा हेलमेट बोकेर नै दिन बिताउन्छन , समयमा पढाइ हुदैन , बिध्यार्थिले माग गरे अनुसारका पुस्तक पाउदैनन् , माग गरेको अनुसारको नोट पाउदैनन् , बस्नलाइ उहीँ पुराना संरचनाहरु छन , उहीँ पुरानै गन्हआउने कक्षा कोठा छन , प्रध्यापकहरु क्याम्पस भन्दा बाहिर डुलिरहन्छन , अतिरिक्त क्रियाकलापको नामको सुको छैन , खाली देखाउनलाइ प्रोजेक्टर जोडिएका छन ,प्रसासनको छुट्टै रवाब छ , यी त एक दुई प्रतिनिधि घट्ना मात्रै हुन , अन्य पनि थुप्रै प्रकारका समस्याहरु छ्न । बिध्यार्थिको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । आज बिश्वबिद्धालयको साख कति जोगाउने भनेर बजार बाट बस्त्र किन्नु पर्ने अवस्था छ । बिश्वबिद्धालयका छट्टु प्राध्यापक र लढ्ढु बिध्यार्थिले यो अवस्थामा पुगाएको हो भन्द फरक नपर्ला । बिश्वबिद्धालयको स्ट्रेन्थ र ओज आज बिगतको सिद्धनाथ बहुमुखी क्याम्पस जति पनि छैन । बिश्वबिद्धालयले बाहिरी रुपमा ठुलाठुला सेमिनारहरुको आयोजना गरिराहेको छ तर आज सम्म आत्म समिक्षा चाहिँ गरेको छैन । बिश्वबिद्धालयलाई ससक्त बनाउने बिषयमा छलफल नै हुन सकेको छैन । आज बिश्वबिद्धालयको उचित बिकासको एजेन्डा कोठा र फोटामा सिम भएको छ । केन्द्रीय क्याम्पसमा सबै बिषयको पढाइ हुनु पर्ने होइन । आज खै मेडिकल सम्बन्धी पढाइ भएको , खै कृषि सम्बन्धी पढाइ भएको लगायत अन्य धेरै बिषयमा बहस आवश्यक छ । के बिश्वबिद्धालय एक दुई जनाको फाइदाको लागि मात्रै खोलिएको हो ? सायद होइन होला । यहि अवस्था रहिरहने हो । यहि लयमा बिध्यार्थि संगठन र तिनमा आवद्ध ब्यक्तिहरु लागि रहने हो भने निर्वाचनको खासै अर्थ लाग्दैन । एक दिन यहि अवस्थाले बिश्वबिद्धालय बिश्वबिद्धालय मै सिमित नरहला भन्न सकिँदैन ।यसको अर्थ यो होइन कि स्वबियु चुनाव हुनु हुदैन , हुनुपर्छ तर यसको लागि राम्रो नेतृत्वको आवश्यकता छ । जसले ब्यक्तिगत , सांगठनिक तथा प्राध्यापकहरुको स्वार्थ भन्दा माथी उठेर काम गर्न सकोस । सबैलाइ स्वबियु चुनावको शुभकामना छ।

सम्बन्धित समाचार

Leave a Reply