राजनीति नै देशमा भएको सम्पूर्ण समस्या समाधानको एकमात्र विकल्प हो। त्यसैले देशका कुनै पनि नागरिक राजनीतिकबाट पृथक रहन सक्दैन जतिसुकै राजनीतिदेखि अलग रहने प्रयास गरे पनि मानिस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिको प्रभाव भइरहेको हुन्छ। किनभने मुलुक सञ्चालन गर्ने मुख्य नीति नै राजनीति हो।
यस्तो राजनीति समाजको प्रत्येक वर्ग र व्यक्तिका दैनिकीसँग राजनीतिक अन्तर सम्बन्धित हुन्छ। त्यसैले राजनीतिबाट विद्यार्थी अछुतो र अलग हुने त कुरै भएन हरेक युवा विद्यार्थीमा जीवनलाई नयाँ उन्नत र समृद्ध बनाउने तीव्र आकांक्षा हुन्छ र हरेक युवा विद्यार्थी आजभन्दा भोलि नयाँ परिवर्तन चाहन्छ।
त्यसैले विद्यार्थीले आर्जन गरेका शिक्षालाई राजनीतिकरण गरेर समाजलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनुपर्छ युवा विद्यार्थीले आफ्नो समाजमा भएका पुराना अवैज्ञानिक मूल्य मान्यतालाई भत्काएर समाजको आवश्यकता अनुसार नयाँ वैज्ञानिक मूल्य मान्यता स्थापित गर्ने कुरामा पहलकदमी ल्याउनुपर्छ।हाम्रो समाजमा युवा विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने परम्परावादी साघुरो सोच रहेको छ,तर साच्चिकै राजनीति युवा विद्यार्थीले गर्नुपर्छ युवा विद्यार्थी भनेको समाज र देशको रूपान्तरणको वाहक र सञ्चालक शक्ति हुन्,।
विद्यार्थी र राजनीति एकअर्काका परिपूरक कुरा हुन, यदि युवा विद्यार्थीले राजनीति नगर्ने हो भने हामी हामीभन्दा अयोग्य अशिक्षित र क्षमताहीन मान्छेले हामी माथि शासन गर्छ वर्तमान समयमा हाम्रो देशमा युवा विद्यार्थीको चाहना अगाडितिर र राज्य सञ्चालनमा बसिरहेका मान्छेहरूको सोच पछाडितिर गएको देखिन्छ नेपालको संविधान भनेको शिक्षा निःशुल्क केवल पाडामा मात्र सीमित भएको छ,।
विश्वविद्यालयहरू बेरोजगार र श्रम गर्न लास मान्ने जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा विकसित भएका छन,।तर सामान्य जनताको पहुँचमा नहुनु उत्पादन भएको जनशक्ति व्यवस्थापन गर्न नसक्नु आवश्यकता अनुसारको नहुँदा तल्लो स्तरको काममा चर्को मूल्य तिरेर न्यून पारिश्रमिकता खाडी लगायत विश्वको कुनाकुनामा जानु परेको छ यो त शिक्षा क्षेत्रको विषय भयो। अरु क्षेत्र त यो भन्दा नाजुक स्थिति छ। समाजमा विकासको क्रममा मानवजाति आदिम साम्यवादी युग ढुङ्गेयुगबाट वर्तमान पुँजीवादी युगसम्म ल्याउनको लागि त्यसबेलाका सचेत र शिक्षित मान्छेहरूले पहल कदमी गरेका थिए।
त्यसैले सबै सिकार हुन पुग्यो किन हाम्रो देशको सिमाना अतिक्रमण भइरहेको छन् कसरी समाजलाई वर्गविहीन र शोषणरहित बनाउन सकिन्छ भन्ने विषयमा पुराना अनुसन्धानहरुमा टेकेर अगाडि बढ्नुपर्छ,। वर्तमान समयमा राष्ट्रियताको रक्षा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा सम्पूर्ण सचेत युवा विद्यार्थीले ऐतिहासिक कार्यभार हो। यो पुरा गर्न सम्पूर्ण विद्यार्थीहरु एकीकृत भएर लाग्नुपर्छ।विगतदेखि नेताहरूले दिएको धोका र अहिले गइरहेको नकारात्मक कामले गर्दा समाजमा र अझ बढी युवा विद्यार्थीमा राजनीति भनेको फोहोरी खेल हो भन्ने भ्रम छ र यो स्वाभाविक पनि हो।
सम्पूर्ण युवा विद्यार्थीले बुझ्नुपर्ने कुरा के हो भने राजनीति नै सबै समस्याको समाधान एक मात्र विकल्प हो राजनीति समस्या समाधान बिना अरु कुनै समस्या समाधान हुन सक्दैन,।त्यसो भएको कारणले हामी शिक्षित विद्यार्थीले राजनीति गरेनौ भने र पहलकदमी लिएनौ भने हामीभन्दा अशिक्षित अयोग्य क्षमताहीन मान्छेले हामीमाथि शासन गर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छ। अहिलेको वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्नुपर्छ भन्ने जुन निर्णय गरेको छ यो अपरिक्क निर्णय हो,।
राज्यले आजको आवश्यकता अनुसार शैक्षिक सुधार गरेर संविधानको मर्मबमोजिम शिक्षा ऐनको निर्माण र कार्यान्वयन गर्ने हो भने, शैक्षिक क्षेत्रमा दलीयकरण भागबन्दा माफियाकरण बन्द गर्ने हो भने यथेस्ट भौतिक पूर्वाधार निर्माण समान शिक्षामा सबैको निःशुल्क पहुँच व्यावहारिक र वैज्ञानिक पाठ्यक्रम निर्माण खोज र अनुसन्धानको आधारित सिकाई उत्पादित शैक्षिक जनशक्तिलाई देशमै रोजगारी लगाएत शिक्षा क्षेत्रमा समग्र समस्याहरूको दीर्घकालीन समाधान लिए, विद्यार्थी संगठनभित्रका र विद्यार्थी राजनीतिले सिर्जना भएका धेरैजसो समस्याहरू आफै हल भएर जानेछन् । लेखक अखिल समाजवादी रोल्पाका नेता हुन ।

