२०८३ कार्तिक ११, बुधवार

मलेसियामा रहेको सिन्डिकेट र बिचौलिया प्रथा हटाउन प्रधानमन्त्री शाहको जोड


काठमाडौँ ,प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री शाहले मंगलबार बिहान मलेसियाका समकक्षी इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका हुन् । छलफलका क्रममा शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति असन्तुष्टि व्यक्त गर्दै त्यस्ता प्रवृत्ति आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारे ।

नेपाल र मलेसियाबिचको वैदेशिक रोजगारीलाई थप व्यवस्थित र श्रमिकमैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि दुवै देशबिच संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए ।प्रधानमन्त्री शाहको धारणा सुनेपछि मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको स्पष्ट पारे ।

उनले यस विषयमा तत्काल पहल गर्ने प्रतिबद्धता जनाउँदै आफ्ना श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग समन्वय गरेर काम अघि बढाउन निर्देशन दिने बताएका छन् ।दुई प्रधानमन्त्रीबिचको छलफलमा नेपालबाट मलेसिया जाने श्रमिकको हित, वैदेशिक रोजगारीमा देखिएका समस्या तथा त्यसको समाधानका लागि सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

सम्बन्धित समाचार