महेन्द्रनगर। कञ्चनपुरमा प्रहरीले १५ ग्राम ६ सय ७० मिलिग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-६ ऐठपुरका ४३ वर्षीय महेशप्रसाद भट्ट र कृष्णपुर नगरपालिका-२ बाणीका ३१ वर्षीय हेमराज जोशी रहेका छन्।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार साँझ भीमदत्त नगरपालिका-१० गज्जरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

