महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको अध्यक्षमा नविन भट्टले फेरि अग्रता बढाएका छन् ।
मत गणनामा अन्तिम ५० मत गन्न बाँकी हुँदा भट्टले कँडेललाई ७ मतले पछि पारेका छन् ।अहिलेसम्म ३ सय मत गणना भएको छ । भट्ट १५१ र कँडेलले १४४ मत ल्याएका छन् ।
यस अघि २ सय ५० मा भट्ट एक मतले अघि थिए ।अब ५० मत गन्न बाँकी छन् । समितिका ४ सय ३३ मतदातामध्ये ३ सय ५० मत खसेको थियो ।

