आइत, अशोज ४, २०८३

काँग्रेस १५ औँ महाधिवेशन ः पहिलो दिन कञ्चनपुरका ७८ वडा सभापति सर्वसम्मत


कञ्चनपुर । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको पुर्व कार्य तालिका अनुरुप कञ्चनपुरमा पनि पहिलो दिन अधिवेशन अन्र्तरगत अधिकाँस वडाहरुमा सर्वसम्मत वडा कार्य समितिदेखि प्रतिनिधी चयन गरिएका छन । काँग्रेस संस्थापन पक्षले १६–१९असोज ०८३मा गर्न लागेको महाधिवेशनको पुर्व तयारी स्वरुप ३ र ४ असोजमा देशभरका वडाहरुमा अधिवेशन गर्ने तय गरेको थियो ।

पहिलो दिन जिल्लाका विभिन्न वडाहरुमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । कञ्चनपुरका ९ पालिकाका ९२ वडाहरु मध्ये अधिकाँस वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको र सर्वसम्मत चयन हुन नसकेका वडाहरुमा सहमतीको प्रयास भईरहेको जनाएको छ । पहिलो दिन जिल्लाभरीका ७८ वडाहरुमा सर्वसम्मत वडा नेतृत्वदेखि क्षेत्रीय प्रतिनिधी चयन गरिएका छन ।

नेपाली काँग्रेस जिल्ला सचिव नाफुसिह साउदले दोधाराचाँदनी नगरका १० मध्ये ९, भीमदत्त नगरका १९मध्ये १८, बेदकोट नगरका १०मध्ये ८, शुक्लाफाँटा नगरका १२ मध्ये ७, कृष्णपुर नगरका ९मध्ये ५, पुर्नवास नगरपालिका ११, बेलडाँडी गाँउपालिका ५ र लालझाडी गाँउपालिका ६ पुरै वडाहरुमा अधिवेशन गरिएको छ । बेलौरी नगरपालिका १०मध्ये ९ वडा सभापति सहितका पदाधिकारी, क्षेत्रीय प्रतिनिधीसर्वसम्मत चयन गरिएको छ । उनका अनुसार अधिकाँस वडाहरुमा सर्वसम्मत भएको र केहीमा मात्रै सहमती गर्न बाँकी रहेको र त्यो आईतबार गरिनेछ ।

वडा अधिवेशन दुई दिन भएकाले पहिलो दिन सहमती नभए दोस्रो दिनमा सहमती गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा नेताहरु जुटेका छन ।१० वडा रहेको दोधाराचाँदनी नगरमा ५ बाहेक सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

१गंगोत्री सेटी(दिनेश), २ गणेह सिह रावल, ३ तेज बहादुर थापा मागर, ४ कृष्ण सिह साउद(टस्सी), ६ चन्द्र बहादुर सिजाली(मगर), ७ कोमल उपाध्याय, ८ मणिराज पण्डित, ९ जंग बहादुर रावत, १० बल बहादुर बुढा चयन भएका छन । काँग्रेस बेदकोट नगरका सभापति तुलराम शाहुले कुल १०मध्ये ८ वडाहरुमा पहिलो दिन र २ वडाहरुमा दोस्रो दिन अधिवेशन गरिने बताए ।

उनका अनुसार पहिलो दिन १रमेश सिह भण्डारी , २उदय सिह विष्ट , ३सन्तोष ब. सेटी , ५अमर ब. बोगटी , ६धनसिह पुजारा ७ रामसिह मार्कण्ड , ९ राज ब सेटी , १० गणेश प्रशाद बोहरा सर्वसम्मत चयन गरिएको छ । काँग्रेस शुक्लाफाँटा नगरका नेता देवराज जोशीले १२मध्ये पहिलो दिन ७ वडाहरुमा सर्वसम्मत चयन भएको बताए ।

उनका अनुसार १ भवानी कुँवर , २ गोबिन्द प्रशाद अवस्थी , ५ देवराज अवस्थी , ६बीर ब. बोहरा , ७ योगेन्द्र धामी १० ओम ऐर ११ गोबिन्द विष्ट भएका छन ।काँग्रेस नेता शुशिल भट्टले नगरका सबै वडाहरुमा अधिवेशन गरिएको एक वडाको मात्रै बाँकी रहेको बताए ।

उनका अनुसार ११बाहेक सबै वडाहरुमा अधिवेशन भएको छ । १सुरेन्द्र सिह भण्डारी , २राजेश स्वाँर, ३शरन शाही, ४ धन ब. पाल , ५मानसिह भाट , ६भोजराज भट्ट, ७राज बहादुर चन्द , ८खगेन्द्र प्रशाद पण्डित, ९केशव सिह नायक , १०कर्ण बहादुर बम , १२जनक कामी, १३ सुरेन्द्र बोहरा, १४मान ब. विष्ट , १५ दिपान्सु चन्द , १६ विवेक साउद , १७धरम सिह ठगुन्ना , १८पुष्कर बहादुर चन्द , १९ बीर बहादुर रावल चयन भएका छन ।

कृष्णपुरका नेता रमेश नवराज जोशीका अनुसार सबै वडाहरुमा अधिवेशन भएपनि कृष्णपुर नगरपालिका ३मा रमेश ऐर, ४देवदी घिक्त, ६ दल बहादुर बलायर, ७ नरेन्द्र खडका, ९ रमेश ओझा चयन भएको बताए । निर्वाचन क्षेत्र १का सभापति गोपी प्रशाद उपाध्यायले पहिलो दिनमै क्षेत्रका चारै पालिका ३२ वटै वडाहरुमा अधिवेशन भएको र एक वडा बाहेक सबै वडाहरुमा वडा कार्य समिति सवर्गसम्मत चयन गरिएको बताए ।

बेलौरी ९मा गाँउका दुई समावेसीको निधनले नेता कार्यकर्ताहरु उतै बिजी भएकाले दोस्रो दिन हुनेछ । पाँच वडा रहेको बेलडाँडीमा पाँचै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको जनाएको छ । काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले पहिलो दिनमै पाँचै वडाहरुमा सर्वसम्मत नेतृत्व गरिएको बताए । उनका अनुसार १देखि ५मा क्रमस रण बहादुर सिह, मदनराज भट्ट, विक्रम सिह, मान बहादुर खडका, हेमराज राना चयन भएका छन । १० वडा रहेको बेलौरीमा ९ बाहेक क्रमस १ नरेश चन्द , २ राज बहादुर चौधरी , ३ सुब्बा राना , ४ कृष्ण बहादुर चन्द , ५ जित बहादुर चौधरी , ५ भवानी सिह विष्ट , ७ कमान सिह चौधरी , ८रामआश्रय राना ९ र १० प्रेम बहादुर चन्द रहेका छन ।

पुर्नवास नगरमा १घुम्मन राना , २राज कुमारी तामाङ्ग , ३ बुद्धिमाया तामाङ्ग, ४ खडक खडका , ५ जय ब.रोकाया , ६जित ब. तामाङ्ग, ७ राम ब. राना , ८तेज ब. विष्ट , ९ मान ब. धामी , १० चेत ब विष्ट ११दिपक प्रकास मल्ल र लालझाडी गाँउपालिकामा क्रमस १देखि ६ वटै वडाहरुमा क्रमस दिनेश राना, झेलसिह राना, मेघनाथ राना, लाल सिह सेटी, मनोज पनेरु, गोपाल चन्द रहेका छन ।

नेपाली काँग्रेस कञ्चनपुरका कावा सभापति हरिशचन्द्र रानाले जिल्लामा पहिलो दिनमै उल्लासका साथ वडा अधिवेशन भएको र छुटपुट वडाहरुमा आईतबार गरेर ९२वटै वडाहरुमा सर्वसम्मत वडा समिति चयन गर्दै महाधिवेशनको तयारीमा खटिने बताए । वडा अधिवेशन सम्पन्न गरेर पालिका, प्रादेशिक, क्षेत्रीय, जिल्लादेखि केन्द्रीय महाधिवेशनमा खटिने कावा सभापतिको भनाई छ ।

सम्बन्धित समाचार