आइत, अशोज ४, २०८३

पहिला विवाद, त्यसपछि सम्बन्धविच्छेद !कञ्चनपुरमा श्रीमान–श्रीमतीविच सम्बन्ध विच्छेदका घट्ना बढ्दै, ९ बर्षमा १९ सय बढी दाम्पत्ती अदालतमा


धनसिह धामी कञ्चनपुर, ३० भदौँ कञ्चनपुरमा श्रीमान–श्रीमतीविच सम्बन्ध विच्छेदका घटना बढिरहेका छन । पहिला धुमधामका साथ मागी तथा प्रेम विवाह गर्ने अनि त्यसपछि सम्बन्ध विच्छेद गर्न अदालत धाईरहेका छन । सीमावर्ती तराईको सुगम जिल्लामा बर्षनी सम्बन्ध विच्छेदका मुद्दा बढिरहेका हुन । संगै बाँच्ने,संगै मर्ने कसम खाएर प्रेम तथा धार्मिक परम्परा अनुरुप एकआपसमा सम्बन्धमा बाँधीका दाम्पत्ती सम्बन्ध विच्छेद गरिरहेका छन ।

जिल्ला अदालतको तथ्याङ्क अनुसार पछिल्ला ९ बर्षमा एक हजार ९सय बढी मुद्दा दर्ता मात्रै भएका छन । १ साउन ०७५देखि २५ भदौँ ०८३ ९ बर्षको अवधिमा एक हजार ९ सय १० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन । अदालतमा नआएरै पनि विवाहित जोडीहरु सम्बन्ध विच्छेद गर्दै आएका छन । १ भदौँ ०७५ देखि मुलुकी संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । नयाँ कानुन मुलुकी देवानी संहिता लागु भएदेखि यता धमाधम सम्बन्छ विच्छेदका मुद्दा पर्न थालेका छन ।

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद–३ मा सम्बन्ध विच्छेदको व्यवस्था छ । दफा ९६ अनुसार सम्बन्ध विच्छेदका गर्नका चाहने पतीपत्नीले आदालतमा निवेदन दिनुपर्ने व्यवस्था छ । आदालतले दुवैलाई सभकर एक बर्षसम्म सम्झाईबुझाई गर्नुपर्ने त्यो नभए अंशबण्डा गरेर फैसला गर्नुपर्ने प्रावधान भएपछि सम्बन्ध विच्छेद गर्नेहरु दाम्पत्तीहरु ह्वात्तै बढेका हुन ।

जिल्ला अदालत कञ्चनपुरको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७५÷०६६ मा एकसय ४८, ०७६÷०७७ मा एक सय २१, ०७७÷०७८ मा एकसय ८८, ०७८÷०७९ मा दुईसय २१, ०७९÷०८० मा दुईसय ५१, ०८०÷०८१ मा दुईसय ८१, ०८१÷०८२ मा दुईसय ८९, ०८२÷०८३ मा तीनसय ६० र चालु आर्थिक बर्ष ०८३÷०८४ को २५ भदौँसम्म ५१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार जनक प्रसाद शर्माले विवित कारणबाट बैवाहिक सम्बन्धमा बाँधिएका दाम्पत्तीले सम्बन्ध विच्छेद गर्दै आएको बताए ।

उनका अनुसार बढ्दे आधुनिकीकरण, तडकभडक, नैतिकता, पारिवारिक माहोलमा बस्न नसक्नु, बैदेशिक रोजगारी, बेमेल, नैतिक शिक्षा, संस्कारको अभाव, आधुनिकता, आफ्नो परम्परा नमान्नु, लिभिङ्ग टुगेदरमा बस्नु पश्चमा संस्कृतिको विकास, देखासिकी, घरेलु हिन्सा, परनिर्मभताले सम्बन्ध विच्छेदका घटनाहरु हुने गरेका छन । सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले अदालतमा दर्ता भएका कुल सम्बन्ध विच्छेदका मुद्दा निरन्तर फैसला भएको बताए ।

उनका अनुसार दर्ता भएका ८५ प्रतिशत बढी फैसला भएका छन । अधिकाँस महिला पक्षबाट सम्बन्ध विच्छेदका लागि आउने र पछिल्ला बर्षहरुमा पुरुषबाट समेत मुद्दा आउने गरेका छन । कञ्चनपुरका युवा कानुन व्यवसायी समेत रहेका अधिवक्ता मदन बहादुर कुँवरले नागरिकले कानुनी सुविधालाई समेत उपभोग गर्दा सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्दै गएको बताए ।

उनका अनुसार बेरोजगारीदेखिका घरसायी, वाल विवाह विवित कारणबाट सम्बन्ध विच्छेदका मुद्दाहरु बढिरहेका छन । जनज्योती बहुमुखी क्याम्पस समाजशास्त्र विभागका पुर्व विभागिय प्रमुख प्राध्यापक बिरेन्द्र बहादुर साउदले अझैपनि जनचेतना अभावका कारण सम्बन्ध विच्छेदको अवस्थामा सिर्जना हुने बताए ।

पुर्व सहायक प्रमुख समेत रहेका प्राध्यापक साउदका अनुसार साँस्कृतिक, पारिवारिक, सयमितता, एक अर्काविचको भावनाको कदर नहुन आदि विवित कारणबाट सम्बन्ध विच्छेद हुन्छन् । ‘दुई फरक लिङ्गिय संस्कृति संस्कारबाट आएका व्यक्तिविचको सन्तुलन अभाव हुन्छ, ‘प्राध्यापक साउदले भने, ‘दुवै विच समसामिप्यता नहुँदाको परिमाण सम्बच्छ विच्छेद हो ।’ स्वतन्त्रताको अधिकासंगै पनि यसले प्रसय पाएको उनको बुझाई छ ।

भयाभह रुपमा मिलेर बसेका दाम्पतीविचको सम्बन्ध विच्छेद् समाजका लागि दुखत विषय भएको उनको टिप्पणी छ । जहाँसम्म समाजमा श्रीमानश्रीमती मिलेर बस्नु समुन्नत समाजको गहना भएको प्राध्यापक साउदको भनाई छ । कञ्चन विद्या मन्दिर कलेजका प्राध्यापक समेत रहेका अधिवक्ता यज्ञराज जोशीले नयाँ कानुनले पुरुषलाई सम्बन्ध विच्छेदका लागि सिधै आदालतमा निवेदन दिनुपर्ने व्यवस्था गरेसंगै पुरुषको संख्यामा बृद्धि भएको बताए ।

मुलुकी ऐनमा पुरुषले स्थानीय तहमा निवेदन दिनुपथ्यो, ‘अधिवक्ता जोशीले भने, ‘अहिले सिधै आदालतमा मुद्दा दिने व्यवस्था छ ।’ स्थानीय तहलाई दिएको अधिकार कटौती गरेर आदालतलाई लिएको उनले बताए । श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेदका घटनाले उनीहरुबाट जन्मिएका स–साना शिशु, बालबालिकाको भविष्यमा चुनौती थपिदिएको छ ।

महिला अधिकारकर्मी माया नेगीले उमेर पुगेका महिला पुरुषविच बैवाहिक सम्बन्ध भएर संगै जिवन यात्रा गर्ने सकल्पलाई विच बाटैमा तोडिने घटना दुखत भएको बताए । उनले महिला वा पुरुषबाट दुवैबाट सम्बन्ध विच्छेदका घटनाले कानुन सुविधासंगै घर परिवार, समाजदेखि बालबालिकाको भविष्य चौपट पार्ने काम भएको बताए ।

उनले सम्बन्ध विच्छेदका घटना सकभर समाजमा कम हुनुपर्ने र श्रीमान–श्रीमानविच मिलेर बस्नुपर्ने सुझाव दिएका छन । स–साना विषयमा श्रीमान–श्रीमतीविच झै झगडा गरेर सम्बन्ध विच्छेदै गरिहाल्नुपर्ने अवस्था टार्दै आपसी समझदारी अनुरुप अघि बढ्नुपर्नेमा जोडदिएका छन । निरनतर सम्बन्ध विच्छेदका घटनाले समाजिक संरचनामाथि प्रभाव पार्ने भएकाले सम्बन्ध विच्छेद अवागै दाम्पत्तीविच आउने विवाद आपसी समझदारीमै टुङ लगाउनुपर्ने नागरिक अगुवाको सुझाव छ ।

सम्बन्धित समाचार