सोम, अशोज ५, २०८३

फेरी महाकाली नदीमा दोधाराका बृद्ध वेपत्ता


कञ्चनपुर, २९भदौँ कञ्चनपुर स्थित महाकाली नदीमा फेरी एक जेष्ठ नागरिक(बृद्ध) वेपत्ता भएका छन । सोमबार बिहान दोधाराचाँदनी नगरका एक अर्का नागरिक वेपत्ता भएका हुन ।

यस अघि दोधाराचाँदनीकी १५ बर्षिया सृष्टी सुनार बालिका वेपत्ता भएको ८ दिनमै फेरी दोधाराचाँदनी ४ मालिका टोलका ६० बर्षिया जित बहादुर दमाई वेपत्ता भएका हुन । यस अघि वेपत्ता भएकी सृष्टीको शव अहिलेसम्म फेला नपर्दै फेरी महाकालीमा अर्का युवक वेपत्ता भएपछि दोधाराका स्थानीय त्रसित भएका छन ।

दमाई महाकाली नदीमा पशु चौपाया तराउने क्रममा वेपत्ता भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणहेक्वा शैलेश्वरीका गणपति (एसपी) प्रेम प्रकास सिग्देलले नदीमा वेपत्ता जित बहादुर दमाईको खोजिकार्य भईरहेको बताए ।

वेपत्ता सुनारको खोजिका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितका स्थानीय खटिएका छन । दुई साता नवित्दै दोधाराचाँदनीका अर्का नागरिक महाकालीमा वेपत्ता भएपछि रोकथामका लागि पहल प्रयास गर्नुपर्नेमा नागरिक समाजको जोडछ ।

सम्बन्धित समाचार