शुक्र, भदौ २६, २०८३

भ्रष्टाचारको मोर्चा सम्हाल्दै कर्मचारी ः कामै नगरी नक्कली कागपत्र तयार गरेर रकम झ्वाम


कञ्चनपुर, भदौँ २६ भ्रष्टाचार गर्न केही निजामती कर्माचारी अग्र मोर्चामै छन । जनताको काम होईन भ्रष्टाचार गर्न रातदिन खटिएको आरोप होईन स्वयम अख्तियारकै तथ्याङ्कले देखाएको छ ।

सडक निर्माणको कुनै काम नै नगरी झुट्टा कागजात तयार गरी साढे २६ लाख रुपैयाँभन्दा धेरै अनियमितता गरेको आरोपमा धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष ०७८÷७९ मा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत धनौजी– २, गौरदाहादेखि लखौरीसम्मको सडकको काम नै नगरी आपसी मिलेमतोमा हिनामिना गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, सिनियर अहेव उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुलाई प्रतिवादी बनाएको छ।

यसैगरी अमृत मिडिया प्रालि र प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालि र जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधानसम्पादक वृजकुमार यादव, साइन कन्स्ट्रक्सन र प्रोप्राइटर विकासप्रसाद यादव, एसकेवाई इन्जिनियरिङ एन्ड प्रालि काठमाडौं र प्रोप्राइटर रामनारायण साह तथा असिस्टेन्ट सबइन्जिनियर सुभाषकुमार महराविरुद्ध समेत मुद्दा दायर भएको छ।

सडक निर्माण कार्यसम्बन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरूले आपसी मिलेमतोमा गाउँपालिकाको अभिलेखमा राख्ने गरी जनकपुर टुडेको एक प्रति मात्र प्रकाशित गरेको आरोपपत्रमा उल्लेख छ।

झुट्टा विवरणसहितको सोही सूचनाको आधारमा दुई लाख ४९ हजार ५०४ रुपैयाँ तथा निर्माण कम्पनीलाई २४ लाख १५ हजार १२० रुपैयाँसहित कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ भुक्तानी भएको देखिएको छ। यसरी भ्रष्टाचारमा एक मात्रै होईन सिङ्गै कार्यालयका हाकिमदेखिका सम्बद्ध कर्मचारी लिप्त भएपछि जनता पनि हैरान भएका छन ।

सम्बन्धित समाचार