शुक्र, भदौ २६, २०८३

कञ्चनपुरमा अविरल वर्षाको कहर : बालिका बेपत्ता, ज्येष्ठ नागरिक मृत फेला


कञ्चनपुर, भदौँ सातादेखि कञ्चनपुरमा सिमसिमे अबिरल बर्षातका कारण नदीखोलाको सतह बृद्धि भएसंगै एक बालिका नदीमा वेपत्ता अर्की जेष्ठ नागरिक नदीमै मृत फेला परेकी छिन । सोमबार महाकाली नदीमा दोधाराचाँदनी नगरपालिका १०की १४ सृष्टी सुनार वेपत्ता भएकी छिन ।

भने, शुक्लाफाँटा नगरपालिका १०झलारी मुक्ति टोलकी ६५ बर्षिया सिज्जु खुना सुनबरा नदीमा मृत फेला परेकी हुन । भदौँ तेस्रो साताको महाकालीकोे वाढीले बालिका र सुनबरा नदीले जेष्ठ नागरिक(बृद्ध)कोे ज्यान लिएको घर परिवारले जनाएका छन ।

टिकटक बनाउनेक्रममा खुट्टा चिप्लिएर सृष्टी महाकाली नदीमा वेपत्ता भएकी थिईन । भने, खुना पनि नदी तर्ने क्रममा डुबेर मृत्यु भएको घर परिवारको दावि छ । वेपत्ता भएकी बालिकाकोे दोस्रो दिन पनि खोजिकार्य भईरहेको र खुनाकोे शव पोष्टमाष्टमका लागि महाकाली अस्पताल ल्याएकोे छ ।

सिमसिमेदेखि मुशलधारे बर्षाका कारण कञ्चनपुरमा शहरदेखि गाँउसम्मै ठाँउठाँउमा पानी जलमग्न भएर केही समय डुवान भएपनि अहिले त्यो समस्या खटिरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सुनबरा नदीमा मृत भेटिएकी महिला के कति कसरी मृत भेटिएको विषयमा अनुसन्धान भईरहेको बताए । भने, महाकालीमा वेपत्ता दोधाराकी सृष्टीको खोजिकार्य भईरहेकोे बताए ।

बर्षातका कारण अवरुद्ध भएको खल्लामछेट्टी सडककोे अवरोध खुलाउने कार्य समेत शुरु भएको बताए । ‘मैले सोमबारै सडक खुलाउन सम्बन्धीत निकायलाई निर्देशन दिईसकेकोे थिए, सो दिन साँझसम्मै बर्षा भएपनि सम्भव भएन, मंगलबारदेखि सडक खुलाउने काम भएको छ ।’ चौधर नदीले बेदकोट ४बैतडा घटालथान जोड्ने झोलुङ्गेपुल भत्काईदिएको छ ।

तर यस बर्ष भने, समयमै मलखाद उपलब्ध नभएपछि धानखेतीका लागि किसानलाई राहत पाईएको छ । भदौँ तेस्रो साता अबिरल रुपमा परेको बर्षातका कारण चुरेका खहरेखोला नदीको सतह बृद्धि भएर तटिय क्षेत्रमा उर्बराजमिन कटानदेखि भौतिक सरचना डुवानमापारेको छ । बर्षातका बेला सचेत सजक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित समाचार