बेलडाँडी २५ गते,कञ्चनपुर बेल्डाँडी गाउँपालिकाको कालिका मन्दिरको प्राङ्गणमा यस वर्ष पनि दशैँको अवसरमा मेला हुने भएको छ ।
नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा हरेक वर्ष झै यस वर्ष पनि बेलडाँडी गाउँपालिका वडा नं २ रौलेश्वर माध्यामिक विद्यालय नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिरको प्राङ्गणमा दशैँको मेला आज शुक्रबार दशैंको नवमीको दिन धार्मिक श्रदा तथा उत्सवका साथ मन्दिरमा देवी माँ भगवती,कालिका माँको पूजा आर्जा गरी देउडा प्रतियोगीता पनि हुने भएको छ ।
उक्त मन्दिरमा परापूर्वकाल देखि त्यहाँका स्थानियहरुले देविको पूजापाठ गर्ने,राँगा,बोका चढाउने,विवाह व्रतबन्ध गर्ने रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरू यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्ने गर्दछन्। तर बिहान पनि मेला नलाग्ने होइन। बिहानै देखि देवीको माँको पूजा गर्ने साँझको समयमा मेलामा बाजागाजाका साथ टोल टोलबाट हजारौँ भक्तालुहरू सहभागी हुने गर्दछन्। त्यस कारण यसलाई नवरात भनेर धेरै स्थानीयहरू बुझ्ने गर्दछन्।
दशै अर्थात् नेपालीहरूको महान चाड अनि नवरात्रिका रूपमा प्रसिद्ध सांस्कृतिक महत्त्व बोकेको पर्व। यो दशैँ असोज कात्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो।
उक्त मन्दिरमा आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने कार्यक्तम पनि राखेको छ । संस्कृति जर्गेनाका लागि यो मेला कालिका मन्दिर व्यावस्थापन समितिले प्रत्येक बर्ष देउडा संस्कृतिको जगेर्नालाई पहिलो प्राथमिकतामा राखेर आयोजना गर्ने गरेको छ । मेलामा साथीभाई,आफन्तहरूसंग भेटघाट गर्ने,दुःख सुख पोख्ने, महिला पुरुष एक अर्काबीच जीवन जगत्का सुख दुःखका कुरा, प्रेमका प्रसङ्गका कुरा देउडा गीतबाटै पोख्ने,मनोरञ्जन लिने गरिन्छ ।

