बुध, साउन २७, २०८३

बेलौरी नगरपालिकाको बजेट प्रक्रिया विवादमा, सात सदस्यको आपत्ति


बेलौरी । बेलौरी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२ /०८३ को बजेट विधि र प्रक्रिया मिचेर पारित गरिएको नगरसभा सदस्यले आरोप लगाएका छन ।

नगरपालिकाका प्रवक्ता हर्क बहादुर भुलले बजेटमाथि पर्याप्त छलफल भएको र सर्वसम्मतिमा पारित गरिएको दाबी गरिरहदा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षसहित ७ जना सदस्यले बहुमतको बलमा बजेट विधि र प्रक्रिया मिचेर पारित गरिएको आरोप लागाएका हुन ।

बेलौरी – ७ का अध्यक्ष प्रकाश श्रेष्ठ र ९ का अध्यक्ष किसन सिंह राना लगायत ७ सदस्यले बजेटमा आपत्ती जनाएका छन ।स्रोत अनुमान समितिले एकमुष्ट बजेटलाई योजनाहरूमा विस्तृत विनियोजन गरेर मात्र सभामा पेश गर्नुपर्ने भएपनि त्यसो नगरी सिधै पारित गर्ने प्रक्रिया अपनाइएको वडा अध्यक्ष श्रेष्ठले बताए ।‘यो विधि सम्मत छैन।

यसले नगर सभा सदस्यहरूको अधिकार कुण्ठित भएको छ । ‘डल्लो बजेट’ व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन सक्ने शंका बढेको छ ‘ उनले भने ।उनले कार्यपालिका बैठकदेखि नै ‘डल्लो बजेट’ नभई, हरेक योजनालाई शीर्षकगत रूपमा स्पष्ट पारेर मात्र नगर सभामा पेश गर्नुपर्छ भन्ने अडान राख्दै आउदा पनि सुनुवाई नभएको बताए ।

’‘हाम्रो यो अनुरोधलाई समेत बेवास्ता गर्दै बहुमतको बलमा पास गरियो। यो समग्र बेलौरी नगरपालिकाको हितमा छैन। कानुन सबैले मान्नुपर्छ, मिच्न पाइँदैन’ उनले भने ।हिजो १५ औं नगर सभाबाट रु। ७६ करोड ६२ लाख ८० हजारको कुल बजेट अनुमोदन गरिएको थियो।

सम्बन्धित समाचार

Leave a Reply