शुक्र, भदौ २६, २०८३

सुदूरपश्चिममा नेकपाबाट मन्त्री छान्न १२ जनाको नाम केन्द्रमा, को-को ?


कञ्चनपुर,सुदूरपश्चिम प्रदेशको सरकारमा नेपालीकम्युनिस्ट पार्टी (नेकपा) बाट तीन मन्त्री र दुई राज्यमन्त्री छान्न १२ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

केन्द्रले १२ नाममध्येबाट पाँच जनाको नाम छनोट गरेर प्रदेशमा पठाउनेछ । त्यसपछि तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिइने नेकपाले जनाएको छ ।

मन्त्रीका लागि साबिक माओवादीबाट ७, नागरिक उन्मुक्तिबाट तीन र एकीकृत समाजवादीबाई जनाको नाम सिफारिस गरिएको छ । साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम सिफारिस गरिएको छ ।

साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरीको नाम सिफारिस गरिएको छ भने साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार