मङ्ल, साउन २६, २०८३

सांसद संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँट गर्न ओली–प्रचण्डको निर्देशन


नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटको आधार प्रदेश सभा सदस्य संख्यालाई बनाउने भएका छन्।

एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक प्रचण्डले मंगलबार संयुक्त रूपमा पाँचबुँदे निर्देशन दिँदै प्रदेश सभा सदस्य संख्याको आधारमा सरकार गठन र मन्त्रालय बाँडफाँट गर्न भनेका हुन्।यसअघि श्रावण ९ गते दुई पार्टीबिच भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि दिइएको निर्देशनमा भनिएको छ, ‘मन्त्रालयको संख्या सामान्यत दलहरूको प्रदेश सभा सदस्य संख्याको अनुपातमा हुनेछ।

मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई पनि समग्र शक्ति सन्तुलनमा गणना गरिनेछ।’मन्त्रालय बाँडफाँट गर्दा मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले पहिलो मन्त्रालय छनोट गर्ने, दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्ने र यही क्रम पालैपालो दोहोऱ्याउने बताइएको छ।दुई दलको संख्या नपुग्ने प्रदेशमा तेस्रो दललाई सहभागी गराउँदा आपसी समझदारीमा मन्त्रालय बाँडफाँट गर्ने ओली र प्रचण्डले हस्ताक्षर गरेको निर्देशनमा उल्लेख छ।

सम्बन्धित समाचार